Skip to content

बाल गीत

मेरो माया

मेरो माया सुन हो
खिया लागेको कर्द हैन
पात जस्तो सुकी जान्न्न
कागज जस्तो च्यात्न हैन

मेरो माया हिरा हो
काँच जस्तो फुटी जान्न
भेल जस्तो बगी जान्न
फुटाउनलाई हाँडी हैन

पहाडमा आज भोलि जाँतो पाइँदैन

पहाडमा आज भोलि जाँतो पाइँदैन
मानी मियो पारी घुम्ने हातो पाइँदैन

ढिकी कुट्ने जाँतो पिध्ने दिन सकिएछन्
मिल आए कुटेपिसे ती त मक्किएछन्

देउसीरे गीत

देउसीरे गीत

हेर-हेर-हेर भाइबैनी हो
सयपत्री मखमली फूलै फूलेको
(हुलका हुल मान्छे देउसी भैलो खेल्दै )२
(गाँउ घर सारा डुलेको )२

झिलिमिली झिलिमिली -देउसीरे
केको झिलिमिली -देउसीरे
फूलको झिलिमिली -देउसीरे
बत्तीको झिलिमिली -देउसीरे

चेली-माइती भेला भई माया साटासाट
कति राम्रो चलन चलेको
(साँझको बेला झिलिमिली बत्ती )२
(धपक्कै गाँउ बलेको )२

स्वर मिलाई भनौं -देउसीरे
राम्ररी भनौं -देउसीरे
(बर्षमा दिनको -देउसीरे)२
चाडबाड मनाऔ-देउसीरे

छैन रिसराग दिल सबको साफ
उमेर अनुसार जम्मा भएर
(गर्छन् सबै रमाईलो खेल्दै देउसी भैलो )२
(भ्याएसम्म घर-घर गएर )२