Skip to content

नियात्रा

मानसरोवर, तीर्थपुरी तथा कैलाश परिक्रमा एक परिचय

DivyaDeepDahal

१ परिचयः मानसरोवर तीर्थ चीनको स्वशासित तिव्वतमा पर्दछ । मानसरोवरयात्रा लाने कुनै ट्राभलमा तोकिएको शुल्क दिए पछि आ-आफ्नो पासपोर्ट उक्त ट्राभलमा जम्मा गर्नु पर्छ । १०/१५ दिनपछि सामूहिक भिसा लागेर आएपश्चात जान पाइन्छ । विभिन्न ट्राभल्सहरू छन् जस्तो नमस्ते होलिडे टूर एण्ड ट्रेक प्रा लि, हिमालय टुर एण्ड ट्राभल आदि । १० देखि १२ दिनसम्मको यात्रा हुन्छ ।

Read More »मानसरोवर, तीर्थपुरी तथा कैलाश परिक्रमा एक परिचय

अविस्मरणीय पश्चिम यात्रा

फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे ।

Read More »अविस्मरणीय पश्चिम यात्रा

पर्वतको यात्रा एक विवेचना

पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो ।

सिर्जनानगरको ऐतिहासिक यात्रा र अक्षरले जुराएको मित्रता

बोझिलो, निरसिलो, विरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँक्दै गर्दा यात्राका क्रममा यिनै अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थें । सुनिदिने कोही थिएनन् तर पनि दुखद होस् वा सुखद मेरा आफ्ना प्रिय यिनै थिए, यिनैसँग खेल्थेँ, रमाउने गर्थें । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थें । यसरी दिनहरू बितेका थिए ।

साँझ पख खावोसान रोडमा

नेपालीहरुको विदेश भ्रमणमा सबैभन्दा बढी रोजाइमा पर्ने देश हो बैङ्कक । झन “थाई लियोन एयर”ले सिधा बैङ्कक उडान भर्न थालेपछि बैङ्कक जानेको सङ्ख्या अँझ बढ्न गएको छ । कारण हवाई भाडा अरुको तुलनामा सस्तो छ “थाई लियोन” को । मुक्तिनाथको दर्शन गर्न जाँदा लाग्ने खर्च र बैङ्कक जाँदाको खर्च लगभग उस्तै पर्न जान्छ ।

बिसौनी वल्तिर

आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन ।

हाम्रो खुट्टामा लेकाली शित छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली चिसो । हिजोको कुस्त हिडाइले शरीरमा थियो थकाइ र दुखाइ । गाउँघर सम्झेर धाउँदैआएकोले मनमा भने दगुर्दैथियो असीम खुसी, उत्सुकता र जिज्ञासाको बिजुली ।

सिंहको मुखबाट पानी झरिरहेको देश

बिहानको ४:३० बजे सिंगापुर ओर्लेका थियौ । भाइ बृहद पहाडी र म । कालो रातले अँझै सिंगापुरलाई ढाकी राखेको थियो । जुनको महिना हप्प गर्मी थियो त्यति बिहान पनि । हामीसँग बजेट कम र घुम्नुपर्ने दुई देश (सिंगापुर र इन्डोनेसिया) । त्यसमा महङ्गो देशमा पर्थ्यो सिंगापुर । हुन त लगभग कहाँ कहाँ जाने, कुन माध्यमबाट र कम बजेटमा धेरै ठाउँ घुमेर रमाइलो गर्ने भन्ने पहिला नै एउटा आइटेनेरी तयार पारेको थिए ।

स्टोनहेंज Stonehenge

स्टोनहेंज स्तम्भ
ंंंंं पद्मराज काफ्ले
स्टोनहेंज Stonehenge) इंग्लैंडको विल्टशायर काउन्टीमा एउटा प्रागैतिहासिक अकल्पनीय विशाल कलाकृति लन्दन ब्रिजबाट उत्तरतिर सतासी माइलको दूरीमा अवस्थित रहेछ । अगस्त १७, २०१९ का दिन इँजीनियर श्री हरि नेपाल, प्रोफेसर जया नेपाल, प्रोफेसर डाक्टर रमेश मरासिनी र बिन्दु मरासिनीसमेत सपरिवार इस्ले (Eastleigh) निवासबाट करीब सवाघण्टाको ड्राइभमा पुगियो ।

त्यस दिन प्रकृतिले पनि हामीलाई साथदियो । अघिपछि सदै झमझम बर्षा हुने र चिसो वायुले थुर्थुर कँपाउने ठाउँमा टलक्क टल्कँदै झलत्क झल्कँदै सूर्य देवले पनि स्वागत गरे हामीलाई !

तालिएको सम्झना वेगिएको मन

“एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी ।

“स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग ।

“हो, बिहानीको सिरसिरे हावाको उत्सवमा सहभागी बनौँ न त ।” मैले पनि जनाएथेँ सहमति ।

बालुवामा गाडीले चटकी देखाउँदा

चार जना भएर बनाएको यस पटकको यात्रामा साथ दिने एक जना मात्र भएको थियो अन्तमा । अन्तिम चरणमा आएर दुई साथीले दुई भनेरभन्दा खिन्न भएको थियो मन मेरो । मान्छेहरुका आ–आफ्नै बाध्यता हुनसक्छन् । जसलाई बुझ्दै सुदर्शन र म निस्केका थियौं नयाँ यात्राको लागि ।

इमिग्रेसनमा विनाकारण तीन घन्टा बिताउन पर्दा

एक्लै यात्रा गर्न रुचाउने भएता पनि यस पटकको यात्रामा प्रिय मित्र सुदर्शन ढकाल पनि जाने इच्छा देखाउदा म झन रोमान्चित भएको थिए । हुन त यात्राको विषयमा कुरा चलिरहदा थप दुई साथी पनि इच्छुक देखाएको हुँदा हामी चार जना जाने निश्चित भएर विभिन्न ट्राभल एजेन्सी धाउन थाल्यौ । जाने ठाउँ र दिनको निश्चित गरेर चारै जनाको पासपोर्ट जम्मा गरी टिकेटको पक्का गर्ने दिन दुई जना साथीहरुको आआफ्नै कारणले गर्दा जान नमिल्ने कुरा त्यो पनि ट्राभल एजेन्सी को बाहिर ठोकामा पुगेपछि व्यक्त गरे ।

मिठो मुस्कानले भरिपूर्ण भएको देश

रातको बाह्र बजेको बसको टिकट लिएको थिएँ । भियतनाको होचिमिङ्गबाट क्यामबोडियाको राजधानी “फेनोम फेन”सम्मको लागि । हतार हतारमा भएको थियो यो यात्रा मेरो कारण भियतनाममा भिसाको समस्याले गर्दा । “स्लिपर बस” अर्थात बसभित्र बस्ने सिटको सट्टा सुत्ने सिट भएको बस । साधारण बसको तुलनामा भाडा पनि बढी तिरेर नै यसै बसलाई छानेको थिए । यो एउटा बेग्लै तथा नयाँ अनुभव हुन गइरहेको थियो मेरो लागि ।

बिरामी–यात्राका भगवानहरू

विजया दशमी–२०७५ को अवसरमा स्कुल बिदा थियो । २०७५ असोज २५ गतेदेखि दिल्ली–हरिद्वारको यात्रा तय भयो । यात्रा उमङ्गको नभई वाध्यताको थियो । यात्रा बिरामी–यात्रा थियो । कार्तिक १० गते पक्षाघातको सिकार भएको वर्ष दिन पुग्थ्यो । त्यसकै उपचारार्थ हरिद्वारस्थित पतञ्जली आयुर्वेद चिकित्सालय पुग्ने ध्याउन्न थियो ।

साथमा पुराना मित्र शिवकुमार यादव थिए । एका विहानै गोलबजारबाट सिरहा, माडर जाने म्याजिकमा चढ्यौँ । चोहर्वातिर बसबालाहरूले म्याजिकलाई सिरहासम्म मात्रै जान दिँदा रहेछन् ।

अस्ताउँदै गरेको सूर्यलाई हेर्दा

कहिलेकाहीं आफूले नसोचेको कुरा भइदिन्छ । हो, यस पटकको बैंकक यात्रामा त्यस्ता धेरै घटनाहरू भए । जसमध्ये “लाओस” देशको यात्रा पनि एक थियो । इन्टरनेटमा रहेका विभिन्न साइडहरुमा मैले आफ्नो इमेल दिएको थिए । जसले गर्दा नयाँ “ब्याक प्याकरस” हरुलाई धेरै सजिलो पर्ने गर्दछ । त्यसै क्रममा “ला साबे” नाम गरेकी इटालियन महिलाले मलाई इमेल गरेर मलाई यो बताइन कि बैंककबाट नजिक र जानै पर्ने देश “लाओस” हो भनेर । गत महिना मात्र चार महिनाको दक्षिण एसियाको भ्रमण सक्काएर फर्केकी रहेछिन् ।

उभिएर संसारकै शीरमुनि

दशैं सकिएकै थिएन । फेसबुकका भित्ताहरू राता टीकाले रंगिरहेका थिए । कात्तिक ४ गते आइतबार द्वादशीको दिन बिहानै स्टाटस लेखें, “हिउँ नखेलेको होइन । हिमाल नछोएको पनि होइन । तैपनि कस्तो होला त विश्वको शीर सगरमाथा ? हिँडियो कुतूहल मेटाउने पदयात्रामा ।”

प्रकृतिको आँगन

एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग ।

सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म ।

प्रकृतिको आँगनमा निस्कँदा खेतको हरियो उज्यालोले चङ्गिएथेँ । धानको पातमा छोइएको आकास देखेर मुग्ध भएथेँ । कुलोको पानीको मधुरो कलकल, तेजिलो बहाव र सङ्लो लहरसँग सङ्लिएथेँ । त्यही सङ्लो पानीमा पखालिन आइपुगेथे चकचके चरीहरू पनि ।

अपाङ्ग शरीरको सपाङ्ग यात्रा

कहिलेकाहींको यात्रा बडो रोचक हुँदो रहेछ । र, आकस्मिक पनि हुँदो रहेछ । बिमार मुक्तिमार्गतर्फ लम्कन खोज्दा धेरै थरीका यात्रा गरिए । कुनै सुझबुझका यात्रा भए भने कुनै अज्ञानमै यात्रा थालिए र टुङ्गिए । विगत एक वर्षदेखि मैले गरेका यी सबै यात्रा बाध्यताका थिए । बाध्यतामा रहर घोल्न खोज्दा घुल्नै मानेन । र, आखिर बाध्यता अलग्यै बस्यो । रहर केवल रहरमै सीमित भयो ।

राप्तीको रुवाइ

ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै ।

उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल ।

सम्बत् २०७२ साल माघीको दिन घोराहीस्थित बाह्रकुनेदहको मेला हेरेर खलङ्गा पुगेथ्यौँ टोलराज र म । खलङ्गालाई आधार शिविर बनाएर स्वर्गद्वारीसमेत टेकेथ्यौँ हामी ।

सिंगापुरको रङ्गीन सम्झना

BheshRajRijal

सिंगापुर अर्थात् लायन सिटीमा यहाँहरूलाई हार्दिक स्वागत छ ।’ आली सोलोन हाते माइकको गुञ्जनसँगै मुस्कुराइन् ।

विश्वका सत्ताइस मुलुकका मान्छेहरू बोकेको बस चाइना टाउनको छेउछाउबाट गुज्रिरहँदा उनले सबैलाई लठ्याएन्– मरिना वे, गार्डेन वे र सिंगापुर रिभर जाँदैछौँ हामी ।

Read More »सिंगापुरको रङ्गीन सम्झना

लेकाली धरोहर फलामेडाँडा

एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा ।

लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु ।

रोपो सरिसकेको खेततिर बगेको कुलोमा भरिभराउ छ मध्यबर्खाको रसिलो पानी । रोपाइँ भइरहेको खेतको मोहक दृश्य दौडिरहेछ आँखाको डिलवरिपरि । हली, बाउसे, रोपाहार र हलगोरुको हलचल चलमलाइरहेछ मनको मझेरीभरि ।