Skip to content

भोजराज रेग्मी मुखाले

मैले कविता लेख्नै बिर्सेँ

हाम्रा बज्यैहरूले बात्ती कातेझैँ
खुरुखुरु खतरनाक आविष्कार गर्ने,
हाम्रा आमा, दिदी र भाउजूहरूले
दुनाटपरी गाँसेझैँ
निष्फिक्री आणविक हतियारहरू बनाउने
धुन्धुकारी मिष्टर साइन्स & ब्रदर्स
यतिबेला
लकडाउनमा भद्रो हेरेर बसेको छ
त्यसैलाई उल्ल्याएर, गिज्याएर बस्दाबस्दै
मैले कविता लेख्नै बिर्सेँ ।

समय

“रामे ! मैले भनेको काम गरिस् त ?”
“गरिसकें हजुर ।”
“रामे ! मेरो घरमा हजुर बाको पुण्यतिथि आउँदैछ, यसो टपरासपरा गाँस्नओर्न तेरी जहानलाई पठाईदे है ।”
“हस् हजुर, भोलिदेखि नै खटाइदिन्छु।”
“ए, साँच्ची ! तेरी बुढी तँभन्दा कति वर्ष कान्छी अरे ?”

BhojRajRegmiMukhale

तीन मुक्तक (काजी, नकचरा, सामाजिक सञ्जाल)

१.
काजी खुइलिएर पाजी भए
पाजी मौलाएर काजी भए
समयको मर्जीभन्दा
अर्को ठुलो हुकुम रै’नछ
नाइँनास्ती गर्नेहरू आज उसै राजी भए ।