Skip to content

तोया नाथ पौडेल

नारी

ति पुरुश जो आफुलाई
खान्दानी बाबुसाहेब सँझन्छन
र महिला लाई पुस्ताउनी सुसारे
भिराएर पोतेको गलपासो
कोरेर सिन्दुर को सिमा रेखा
एक घर बाट अर्को घर मा
खरिद बिक्री
क्रय बिक्रय
पुस्तौँ देखी ईमान्दार नोकर बनाएर
बफादार स्वास्नि बनाएर
त्यै पुरुश को पाउ मोलाए
त्यै पुरुश को गुणगान बकाए
र आफ्ना सारा पिडा पैताला मुनी राखेर
ति अबोध स्वास्नी हरु लुरु लुरु पछ्याई रहे
एउटा अभिमानी पुरुश लाई !

मर्द हुनु को अर्थ
स्वास्नी कज्याउँनु हो भनेर पढायो यो समाज ले
सयौ परस्त्री गमन गरे पनि
पुरुश चोखो सुद्ध
कहिल्यै बिटुलिएन
परपुरुश सँग महिला दाँत देखाएर हास्दा पनि

तिम्रा दुख चुली हुदा मैदान हुन्छु म
कालो हुदा तिम्रो आत्मा बिहान हुन्छु म

सुकी सक्दा सारा सँसार खडेरी लागेर
तिम्रो मन भुलाउने बगान हुन्छु म

जब जब दिन ढल्छ सँघार हुन्छ जुन
कल्पनामा तिमी सँगै उडान हुन्छु म

बिन्ती मेरो बिर्सीएर नजानु है कैल्यै
काम सकी फ्याँकीएको रछ्यान हुन्छु म

तोयानाथ पौडेल
मरुभुमी को छाती बाट

बेशार बेच्दा बेच्दै हाटैमा कोरिन्छन् गजल

बेशार बेच्दा बेच्दै हाटैमा कोरिन्छन् गजल
मुर्दा पोल्दै गर्दा घाटैमा कोरिन्छन् गजल

पलङ्मा स्ल्पिङ ट्याब्लेट ले निन्द्रा किनिन्छ
गुन्द्रि बिनाको खाटै मा कोरिन्छन् गजल

पैशा हुने हरु जुत्तै बेच्छन ए.सी. रुम मा
यता सब्जि बेच्दै बाटैमा कोरिन्छन् गजल

प्रबिधी हैन यहाँ कलम कपि नै नभए पनि
सिप भए धुलौटो माटैमा कोरिन्छन् गजल

सकीदैन पेट पाल्न गजल लेखेर मात्रै
तै पनि अबिराम आँटैमा कोरिन्छन् गजल

तोया नाथ पौडेल
सँखुवासभा
हाल- मरुभुमी को छाती बाट

सानु लाई..

मनको पिर जाँदैन सानु के गर्छौ रोएर
चल्दैन जिबन् आँशु ले सँधै सिरानी धोएर

अबस्य पनि फर्कीन्छु सानु सक्दीन बिर्सन
खाएको कसम् कसरी भुलुँ तुलसी छोएर

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक
हाल- मरुभुमिको छाति बाट

हाँसेकै छु

हाँसेकै छु तिम्रो कुरा मन्जुरि त छैन
बस्नै पर्ने तिमि सँग जरुरि त छैन

खोजि रहेँ चारै तिर दौडाएर आँखा
फोहोर को थुप्रो भित्र कस्तुरि त छैन?

तोया नाथ पौडेल
सँखुवासभा – तामाफोक
हाल- मरुभुमि को छाति बाट

सुनेको थिएँ त्यो पुरानो कथन

सुनेको थिएँ त्यो पुरानो कथन
‘मेरो खाजा मा भाउजु को खटन’

आफ्नै आँगनले सोध्यो मलाई त
को होउ तिमि ? के हो तिम्रो बतन ?

खुलेर हाँस्न पाइँदैन कहिल्यै
कति दिन बस्नु सहेर दमन?

उभिएर खान्छु, बसि निदाँउछु
एस्तै रहेछ अरब को चलन

खबुस को खाना र नुनिलो पानी
एसै गरि बित्यो दुखिया जिबन

तोया नाथ पौडेल
शँखुवा सभा तामाफोक -८
हाल मरुभुमि को छाति बाट

नया बर्ष

भोका बस्ती सबै अगाउन अनि मान्छु नया बर्ष
कपडा सबैले लगाउन अनि मान्छु नया बर्ष

सुन्छु अचेल जाती जात फाटेका छन छिमेक मा
बाहुन ले राई सगाउन अनि मान्छु नया बर्ष

तोया नाथ पौडेल
शँखुवा सभा तमाफोक – ८
हाल मरुभुमी को छाती बाट

अधुरा सपना र म

अलपत्र भए सपना सँगाल्ने आश छैन
डुबेका ईच्छा कसैले निकाल्ने आश छैन

धुरी फाटेर तारा मन्डल देखिन्छ सारा
अरबे कमाइ ले त्यो टाल्ने आश छैन

दल दल मा फसेका छ्न बाबा आमा
परिवार लाई माथी उचाल्ने आश छैन

बन्दकी मा परेका छन कमाई खाने खेत
अझै तम सुक च्यात्न थाल्ने आश छैन

तपाईँको सपना लठिपत्रै भयो आमा
एस्तै भने आफैं लाई पाल्ने आश छैन

तोया नाथ पौडेल
शँखुवाशभा-तामाफोक -८
हाल मरुभुमी को छाती साउदी अरब बाट

जड्याहा का कुरा ..

आन्द्रा सुकेर के भो फोक्सो फुल्न छाड्नु हुन्न
जड्या भनुन ,बाल.. बेलुकी झुल्न छाड्नु हुन्न

आखिर के भो त ट्यापे, जगल्टे मुन्द्रे नै भए पनि
दिनमा दुइ चार जना घर मा हुल्न छाड्नु हुन्न

*अचेलका मन्छे *

ज्यान दिने बचा गर्दै घात गर्छन अरे
पैसा को लालचमा यता उता सर्छन अरे
————————–
जिन्दगीको जंघारमा हात समाइ जादा जादै
बिचमा पुगी हात छोडेर आफु मात्रै तर्छन अरे
—————————
प्रेम-बियोग,बितृष्णा,आत्मग्लानी बढ्दै जांदा
कलियुगका महामानब आफै आफ मर्छन अरे
—————————
‘तोया’को माया लाई नचिन्ने मुर्ख हरु
माया किन्न जता ततै पैसै पैसा छर्छन अरे

प्रतिकृयाको लागि आनुरोध सहित ….

**मरुभुमिको छाती बाट **
**तोया नाथ पौडेल **

था पाएं

केटी फकाउन मन हैन चुरी फुरी चाइदो र’छ था पाएं
मन छुने कुरा हैन हावा हुरि चाइदो र’छ था पाएं
=================================
झुकेर प्राथना गरी टाउको झुकाउनु ब्यर्थ छ्
धम्क्याउने डराउने चक्कु छुरी चाइदो र’छ था पाएं
=================================
अशल शंकार अचेलका लाई ‘ट्रेडिसनल्’ लग्छ
पैशा गहना माना मुरी चाइदो र’छ था पाएं

के नाप्छ ?

उ नै मेरी हो उस्का बाउ ले के नाप्छ
क्यासिनोनै मेरो हो दाउ ले के नप्छ
————————-
हजार हजार चोट छन मुटु भरि
जबा साना तीना घाउले के नाप्छ
———————–
फ्याउरी लाएर भुत्लो हुन्न मुहारमा
अर्काका जुङाका ताउ ले के नाप्छ
————————
बाघको अगडी सयौको भिडै भए नि
भुस्याहा कुकुर को हाउ हाउ ले के नाप्छ
————————
नवै ग्रह झुक्छन सत्यता को सामु
‘तोया’ लाई केतु राहु ले के नाप्छ

**तोया नाथ पौडेल**
**मरुभुमी को छती बाट **

”आजकल म साहु को ऋनमा छु”
”उल्टो चक्र चल्ने करुणिक दिनमा छु”
————————-
————————-
”सबै जना हास्छ्न पेट मिची मिचि”
”क्यानभास को कमेडी सिनमा छु”

तोयानाथ पौडेल
शंखुवाशभा तमाफोक्-८
हाल-मरुभुमी को छाती
साउदी अरब बाट