Skip to content

पेशल आचार्य

पाँचवटा छोक (छोटा कविता)हरू

  • by
20200416_PeshalAcharya-Interview

१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?

Read More »पाँचवटा छोक (छोटा कविता)हरू

बबुवा, कहाँ छ रे तेरो देश ?

  • by
20200416_PeshalAcharya-Interview

बौवालालको कहानी :

हिजोआज दसगजामा धेरै भीड बढेको छ । अघिअघि शून्य हुने सिमानाका र दसगजा अहिले मानिसको घुइँचोका कारण थेगिनसक्नु छ ।

Read More »बबुवा, कहाँ छ रे तेरो देश ?

बौवालालको कहानी

  • by
20200416_PeshalAcharya-Interview

हिजोआज दसगजामा धेरै भीड बढेको छ । अघिअघि शून्य हुने सिमानाका र दसगजा अहिले मानिसको घुइँचोका कारण थेगिनसक्नु छ । सिमानामा आएपछि भारतीय पुलिसले सबैलाई रोक्यो । १४ दिन क्वारेन्टिनमा नबसी नछोड्ने भएपछि सबैका ओठतालु सुके ।

Read More »बौवालालको कहानी

देशको लोरी

  • by
20200416_PeshalAcharya-Interview

जतिखेर
आस्थाको जीर्ण दरबारमा बसेर
अर्ती दिँदै श्री६ राजाहरू
समृद्ध नेपाल
र कोही पनि भोको नहून भन्ने सारांशका
गुलिया कविता लेखिरहेका थिए

Read More »देशको लोरी

नयाँ खेती

  • by
20200416_PeshalAcharya-Interview

गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।

Read More »नयाँ खेती

अभिसप्त

नाकाम
नालयक
नासमझ
र नादान यो समय
जसले हिजो पउल आस देखायो
जसले हिजो धेरै विश्वास देखायो
आज फनक्क तीनसय चौँसठ्ठी डिग्री फर्किएर
आफ्नो विरानो नचिन्ने भएको छ

प्रश्न

सरकार
जनतालाई हुकुम तामेल गर्छ
सधैँ मिठोमसिनो र तागतिलो खानु
जनतालाई
यहाँ सास अड्याउनै मुस्किल छ
त्यो झोलिलो मोलिलो
र तागतिलो सरकारले नै खानु

शङ्का

आफ्नो खोकी पो खोकी
अर्काको खोकी त कोरोना पो हो कि ?
आफ्नो गाउँ पो गाउँ
अर्काको गाउँ त जाऊँ कि नजाऊँ ?
आफ्नो राम पो राम
अर्काको देशको राम त साँच्चै हराम !
आफ्नो डम्फू पो डम्फू
अर्काको डम्फू त सोरै आना लम्फू ।

भाषाको भासमा देश : लवजमा डुब्दै छ परिवेश !

हामी भ्रमणका सिलसिलामा विदेशी भूमिमा रहँदा कसैले यसो पछाडिबाट कोट्याएर ‘तपाईंको देश कुन हो ? के तपाईं नेपाली हो ?’ भनेर हामीलाई सोध्यो भने त्यो बेला हाम्रो मनमा हुने खुसीको वर्णन भाषामा गरेर पक्कै पनि सकिँदैन ।

गज्जबको कुरो के छ भने संसारको कुनै पनि मानिसलाई उसको अनुहार, रङ, भाषा, संस्कृति र वेशवुषाले चिनाएको हुन्छ । तपाईं अमेरिका जानुस् या अजरबैजान तपाईंले बोल्ने नेपाली भाषाले त्यो विदेशी भूमिमा रहेका अचिनारू नेपालीलाई स्वत: प्रभाव पार्दछ । त्यसबेला तपाईंहरू अनायासै नजिकिनुहुन्छ जसमा जोड्ने काम भाषाले गरेको हुन्छ ।

कट्फर जिन्दगी

तासमा मात्र होइन, जिन्दगीमा पनि हुने रै’छ –कट्फर ।

‘खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?’ वहुधा मानिसहरू अल्झने भनेको यसैमा हो । आफ्नो जीवन कुन र कस्तो शैलीमा बाँच्ने भन्ने छुट सबैलाई हुन्छ । मानिस बन्धनमा होइन स्वतन्त्र भएर जिन्दगी जिउन चाहन्छ । सफा नीलाकाशमा स्वच्छन्द वेग हान्दै उड्ने चरी पंक्षीजस्तै हुने रहर उमेरमा जसकसैको हुन्छ । तर जब उमेरका सरहद नाघेर मानिस बुढ्यौलीका फालकमा आइपुग्छन् अनि उसलाई जीवनको माने मतलव थाहा हुँदो रहेछ । उमेरमा अल्छी र बुढेसकालमा जाँगरिला मानिसहरू धेरै देखिन्छन् । सायद् तिनीहरूले भोगेर सिकेको हुनुपर्छ ।

अर्थ र अर्थहरू

बन्दाबन्दीमा छन् विद्यार्थीहरू
दस वर्षको पढाइ खेरजाने डरमा
अलिकति डराइरहेछन्
अलिबढी हतास भैरहेछन्
मापन गर्न सकिँदैन अहिले तिनीहरूको मनोविज्ञान
तर यही बेलामा शिक्षाका मठाधीशहरू
खेलिरहेछन् बेतुकका खेलहरू