Skip to content

काजीदाइ

यस्तै माया गर काली

तिमी लेक म बेसीमा, बेसीतिरै झर काली
जुनी जुनी मुटुभित्र सजाएर यस्तै माया गर काली

फुल तिमी भमराले दु्ख देलान, नजाऊ पर पर काली
कहिले हुने हामी दुई देउरालीको पीपल-बर जस्तो काली

किन सर्माई पर जान्छ्यौ, अलि नजिक सर काली
हामी बिचमा खहरे छ, बरु यतै तर काली

उजाड भो जिन्दगानी तिमी रङ भर काली
धर्मो धर्म माया गर्छु, किन डर मान्छेउ काली

कहिले होला तिम्रो मेरो एउटै हुने घर काली
जवानीको बगैंचामा फुलको रस छ, मौरी बनी चर काली

नसुक्या भा मेरो आँशु

नसुक्या भा मेरो आँशु ताल बन्थ्यो अहिलेसम्म
दुनियाले के के भन्थे, झर्दा झर्दै सुख्छ धन्न
कहिले आउला तिमीलाई अंगालोमा बेर्ने दिन
तिम्रो रुप अघि बसी धोको पुर्याई हेर्ने दिन ।

Purna Bahadur Thapa

पछि भन्दै टार अब

मैले दिने गुलाब पनि हुन्छ तिमीलाई झार अब
भेटौ भन्थ्यौ एकान्तमा पछि भन्दै टार अब

बिच्छेद गर्यौ तिम्रो मेरो सम्पर्कको तार अब
काँढे तारले तिम्रो यौवन पक्कासँग बार अब

नौलो बिहान आउनु पर्ने ………

देशका लागि हाँसी-हाँसी सयौं युवा मरेपछि
नौलो बिहान आउनु पर्ने सयौं तारा झरेपछि

त्यस्तै बाली उम्रेने छ, जस्तो तिमीले रोपेपछि
अरुलाई गाली ज्वरो आउँछ आँफूलाई परेपछि

अझै च्वाक भाकी छौ रे

राष्टवादी गीत लेख्थऔ मुगलान गाकी (गएकी)छौ रे
बान्की मिल्या शरीर थियो अझै च्वाक(राम्री)भाकी छौ रे

गुन्द्रुक ढिडो बिर्सेउ अरे बर्गर पिजा खाकी(खाएकी)छौ रे

अझै सम्म बाँचेको छु

तिम्रा वचन मान्छु भन्दै अझै सम्म बाँचेको छु
मायाप्रेममा त्याग हुन्छ रुन्छे हाँसो हाँसेको छु

सोमरसलाई अमृत ठान्दै म त नाचेको छु
त्यही रस नै थोरै तान्दै आज सम्म बाँचेको छु

डलरको बिटा देख्यौ

सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ
चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ