Skip to content

इन्द्र पुन

धेरै भयो

  • by

सपनीमा मैले उनलाई, नहेरेको धेरै भयो।
अनि मनका कुरा पनि, नकेरेको धेरै भयो।।

आफ्नै छिन कि पराई भईन, केही थाहा छैन,
चैनको सास पनि मैले, नफेरेको धेरै भयो।

शहिदले देखाएको बाटो

शहिदले देखाएको बाटो हिँडी पुरा गर्नु छ।
छाडेर गएका काम सबै अधुरा गर्नु छ।।

पुस्तौं देखी उडाएको छैन सुर्य र चन्द्रमा
उज्यालो पार्न रात बस्ती मधुरा गर्नु छ।

शान्ति छरेको देशमा

साथी सोध्छ घर कहाँ कसले के गरेको देशमा?
मैले भन्छु बुद्धले हिँजो शान्ति छरेको देशमा।।

सुस्ता टिष्टा काली सम्झी रुन्छौं हामी आज पनि,
मै हुँ जेठो छोरो भनी आमालाई नै हरेको देशमा।

माईतीघर बसेँ (जवाफ)

  • by

षडयण्त्रमा म होईन तिमी, फस्दा माईतीघर बसेँ।
“पारपाचुके गरौं” सुनी आँखा, रस्दा माईतीघर बसेँ।।

“साथ दिन्छु सातौं जनम”, यस्तै बाचा सबै भुली,
रात दिन भट्टीमा पिउँदै, बस्दा माईतीघर बसेँ।

मन बुजाईयो

  • by

आँधी हुरी चल्ने शंकाले घेरेर मन बुजाईयो।
फाट्ला बिस्तारै बादल भनी थेरेर मन बुजाईयो।।

म त सोच्थेँ दुनियाँभरि म मात्र घाईते हुँ,
रगताम्मे भै रोई रहेका साथी हेरेर मन बुजाईयो।

गएछौ तिमी

कसैसँग हात जोडी हाँस्दै गएछौ तिमी।
आफ्नो मान्छे सोचेको पराई भएछौ तिमी।।

तिमीलाई खुसी राख्न भनी रुँदै परदेश आएँ,
मेरो अथाह प्रेमहरु यौवनले धोएछौ तिमी।

आउँला दशैंमा

यसपाली होईन अर्को साल, आउँला दशैंमा।
हजुरहरूको हातको टिका, लाउँला दशैंमा।।
 
चौरासी ब्यञ्जन जुटाउन सकेन, बिदेश बसी,
ढिंदो सिन्की जेछ घरमा, खाउँला दशैंमा।
 

जीवन

  • by

अँधरीसँगै उदाउने, पूर्णिमाको जून जीवन।
मनभित्र उमंग भर्ने, सुरिलो धून जीवन।

जिउन नजानी कोही, खल्लो बनी बाँच्छन,
यही रसिलो बनाउने, एक ढिक्का नून जीवन।