Skip to content

dotpen

जस्को कतै घरै छैन

जस्को कतै घरै छैन, धमिरा कहाँ बस्छ र ?
प्रेमी जस्को छँदै छैन, वियोग कहाँ हुन्छ र ?

ज्यान ज्ञान झिनो नै छ, कसरी बज्छ बाँसुरी ?
जस्को त ब्याग नै छैन, सुको नै पस्छ के गरी ?

ध्यानमा मग्न नैआत्मा, अशान्त हुन्छ के गरी ?
गन्दगी नै जहाँ छैन, झिँगा बस्छ त के गरी ?

कृषकको अनमोल उपहार

हरियो भरिलो बारी, सागपात अपार छ !
स्वास्थ्य बर्धक हो खाद्य, अत्यन्त अनमोल छ !

करेलो कुरिलो फर्सी, बोडी सेंबी टमाटर ,
अदृश्य बस्तु को कृपा , प्रभू अर्को कुनै छर ?

घ्यूफल कागती पाके, झुंण्डिई लटरम्म छन्,
झुमेका वायुका साथ, मकैका पात रम्दछन् !

विद्वान अब लौ भन ?

कोरोना भन्छ टाढा जा, हुन्न छुन कसै कन,
छोइएमा नुहाएर, बस शुद्ध बनी कन !

छुवाछूत निषेधै हो, हुन्छ छुन सबै जन,
भन्छ कानून केगर्ने, विद्वान अब लौ भन ?

शुखी रहुन् सवै जन

शुखी रहुन् सवै जन
@@@@@@@@

रवि शशि हेर्दै पद्म, चौरासी वर्ष लाग्दछ ।
पाउ अष्ट चिरन्जिवी, दण्डवत् पनि गर्दछ ।।

वेद मन्त्र गरी पाठ, योगादि ध्यान गर्दछ ।
शुख शान्ति विश्वको, कामना आज गर्दछ ।।

पवन जल आकाश, संयुक्त थल तेज छ ।
निर्मित तन हाम्रो यो, पक्कै त्यस्तैज हुन्छ त ।।

रवि शशि दिउन् राम्रो, उच्च प्रकाश सर्वदा ।
सरस्वती दिउन् ज्ञान, हरुन् सवै अज्ञानता ।।

गणेश लेखनी राम्रो, दिउन् अक्षर लेख्न नै ।
याज्ञबल्क्य आदेश, कसै हुदैन बिर्सनै ।।

अष्ट चीरीन्जिवीसित, आशिष मागीकन ।
छ आशीर्वाद बान्धव, सम्पूर्ण बन्धुमा मन ।।

विश्व मानवको शान्ति , कामना दीर्घजीवन ।

गुरु पूर्णिमा

दमौलीको नदी मादी, पारि जान परासर,
डुँगामा चढ्न लागेका, जान्छु भनी सरासर !

डुँगा थियो चलाएकी, माझी पुत्री त यौवना,
थियो आईरहेको नी, सुगन्ध मत्स्य बासना ।

अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम

दोहोरो परेकोले हटाउन सकिएन । कृपया,हटाछुर्इ िदनु हुन विनम्र अनुराेध गर्दछु । अस्तु

तल ताल्चा लागेको छ

सुतियो नौ बजे हिजो, जागियो तीन नै बजे,
खाइयो जल तातो र , भयो उदर शुद्धि नै ।

खोलेर झ्याल ढोका नै, बसियो योग गर्न नै ,
गरियो आसनै पूर्ण, प्राणायाम र ध्यान नै।

कायोत्सर्ग-ध्यान

अचल शिथिलै बन्नु, सचेत भै सदा तिमी।
सुती बसी उठेरै नै, आँखा चिम्लीरहे तिमी ।

आत्माले हेर आत्मा नै, आफैँ भित्र पसी तिमी ।
आकाशतिर फर्केर, उत्तानै सुत है तिमी।

क‍ोरोनाको उपचार

को-हो त्यो शक्ति अदृष्य, विश्व थर्काउने लुकी।
रो- क्ने छ दीर्घ स्वासैले, प्राणायाम गरौँ बसी ।

ना- गरिक सवै हामी, एकान्त वासमा बसी ।
को- श पंच सदा राखौँ, सकृय योग नै गरी ।

लुक्यौ किन?

जाडो भएर काम्दै नि, कालो कम्बलले मुख।
लुके छोपेर घुम्टोमा, मध्यान्हमा नि सूर्य त।

पश्चिमी वायुले ल्यायो,चिसो नेपालमा हिम ।
डाँडाकाँडा सवै भा छन्, सेताम्मे काँसका बन ।

पशु पंक्षी र मान्छे नै , आत्तिएका सवै यता ।
रातो तातो मुखै हेर्न, आतुर छौं लुक्यौ कता ?

हो छ आको त बक्समा

नेता भन्ने र बन्नेको, कमाउनै हतार छ ।
मान्छे डोजरले फाल्ने , नेपालमा तयार छ ।

युवा हुल हवाईज, चढ्न सवै हतार छन् ।
युवा शक्ति त नेपाली , मलेशिया कतार छन् ।

पोली खाने मकै छैन, सम्मो पाटो छ बाँझ नै।
मार्सी नै धान फल्ने त्यो, गैरी नै खेत बाँझ नै ।

ताक्छन् यी मुटु भित्र नै

दक्षिण बाम नासिका, राख संतुलितै गरी ।
विलोम अनुलोमैले, स्वस्थ जीवन हुन्छ नी ।

कुनै वढी भएमा त, स्वास्थ नि हुन्छ ग्रस्त नै ।
हाम्रो नेपाल देशै छ, त्यस्तै असंतुलीत नै ।

चार पुस्ता

चार पुस्ता दशैँमा यो, देवी प्रसाद लाउन ।
देवीप्रसाद कै पुत्र , कहाँ टीका लगाउन ।

देवीको वरदानै हो, चार पुस्ता प्रफुल्लित।
रूपसेबाट आएर, काष्ठमाडौँ उपस्थित ।

नेपाल शीर्षमा

हरि जया र आरोही, आहनाको त प्यारमा ,
बृटेनमा रमाएर, झुल्यौँ लन्दन नेत्रमा ।

नेपालमा जया पढी, आंग्ल देश गएर नै ,
पढी विज्ञान शास्त्र नै, बनेकी ज्ञान दात्री नै।

विद्यावारिघि सम्पूर्ण, ज्ञान सिन्धु तरीकन ,
बिन्दु सित घुल्यौ आफैँ . जल सिन्धु बनीकन ।

यूरोप यात्रा : उपसंहार

यूरोप यात्रा : उपसंहार

बैनी ज्वाईँ बधूभाइ,नातिनी नाति प्यारा नि,
विबिध विषयै ज्ञानी, गहन सागरै पनि।

महाध्यापक विश्वकर्मा, छन् प्रतिष्ठित आँग्लमा ,
आमन्त्रण बिदामा यो, यूरोप घुम्न जानमा ।

कार्यक्रम बन्यो हाम्रो, यात्रा तीस दिने पुरा ,
सपत्नी पुगियो त्यता, बिर्सी नेपालका कुरा।

आँग्लका देशमा पूर्ण, श्वेतलाई सिकाउने ,
मरासिनी र नेपाल, उनैलाई कज्याउने ।

बहिनी नातिनी प्यारा ,सहायक प्रति घडी ,
बनी चिकित्सकै दुवै, प्राणदान दिने पनि ।