Skip to content

PrakashmanShilpakar

नेवार महिला सदैब सौभाग्यवती रहन्छन्

वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरूले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवनभन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू महिलाहरूका लागि एउटा कष्टकर चुनौती हो । तर हिन्दू नै भएतापनि नेवार समुदायका महिलाहरू कल्यै विधवा हुन्नन् । आफ्नो पतिको देहान्तपश्चात पनि सदैव सौभाग्यवती नै रहिरहने नेवार रीतिथिति र शास्त्रीय मान्यता एवं सामाजिक मान्यता कायम रही आएका छन् । नेवार समाजमा बालविवाह र सति प्रथा जस्तो अमानवीय कूप्रथा भित्रन नदिन एउटा प्रगतिशील र क्रान्तिकारी रीतिथिति बिधिव्यवहारको संस्कार चलनमा ल्याई थालिएको “इही” संस्कार नै यसको मूल आधार हो ।

मकर संक्रान्तिः धार्मिक महत्व र असमय

ज्योतिषीय शास्त्रगत परीभाषामा सौर्यमासको परिवर्तित या बदलिन्दो काल दिन समयलाई संक्रान्ति भन्ने गरिन्छन् । सूर्यले पृथ्वीलाई परिक्रममा गर्ने क्रममा बाह्र राशिहरू मध्ये जुन राशिको अक्षमा प्रवेशगर्छ त्यही नै संक्रान्तिको दिन हो । बैज्ञानिक र ज्योतिषीय भनाइ अनुसार सूर्य पूर्वबाट पश्चिम तर्फ २७ दिनमा आफ्नो अक्षमा एक परिक्रमा पूरा गर्दछ । तर चन्द्रमासले पृथ्वीको एक चकर लगाउन २७ दिन ८ घण्टा लगाउँछन् । त्यही कारणले सौर्यमासको गत्ती र चन्द्रमासको गणितीय गणनामा भिन्न हुन्छन् । जुन दिन सूर्य देवले एउटा राशिको परिक्रमा पूर्ण समाप्त गरी अर्को राशिमा प्रवेश गर्छन् । यस समय याने दिनलाई पुण्यकाल एवं संक्रमण कालका रुपमा धर्म शास्त्रहरूले स्वीकारिएका याने मान्यता दिएको पाइन्छन् ।

पर्वसँग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?

पर्व भन्नाले प्रतेक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निस्था र विश्वासका साथ मानाउँदै आएका विभिन्न चाड पर्वहरू जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अमावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो ।

शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुद्ध समयमा मात्र पर्वहरू मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरूले शास्त्रमा स्पस्त व्याख्या गरिएको भन्ने शास्त्रप्रवर्तकहरू बताउँछन् । अशुद्ध समयमा चाड पर्वहरू, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गै त्यस्कोप्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ भन्ने समेत शास्त्र प्रवर्तकहरूको भनाइरहेको पाइन्छन् ।

पर्व सुधार कसरी ?

१ सिङ्गो एक महिना एक पटकमा सार्नु नै बैद्दिक तरिका हो र यसलाई मन परिवर्तन वा मन्वन्तर भनिन्छ ।
२ वेदाड्ग ज्योतिषको कृतिका नक्षेत्रलाई सिद्दान्त ज्योतिषको आश्वनि नक्षेत्रमा सन् २८५मा सारिएको थियो यसलाई छैठौ मन्वन्तरबाट सातौमा सारिएको भनी बताइन्छ ।
३ मंसिर पूर्णिमा वा योमरी पुन्हीलाई लामो रात वा ज्येष्ठ पूर्णिमा वा ज्यापुन्हीलाई लामो दिन भनी हाल सुधारको पहिलो पाइला नेपालमा अगाडि सारिएको देखिन्छ । यसबाट एक महिना सार्ने तरिका खुलाइएको देखिन्छ ।

पर्व सुधार राष्ट्रिय कायदल प्रतिवेदन (सौत्र)

https://www.facebook.com/balram.shrestha.39mntnnbth

सनातन धार्मिक कार्यमा “गोदान”

गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । सनातन धर्म भन्नाले पृथ्वीको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन् । यो सनातन धर्म अन्य धर्महरू जस्तो कुनै महान व्यक्ति विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्वीको सृष्टिसँगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्वीको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने वेदको स्लोकहरूमा रहेका छ भनी वेदका ज्ञाताहरू बताउँन्छन् । पृथ्वीको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरू – नन्दा, सुभद्रा, सुरभि, सुशीला र बहुला नामक पाँच गाईहरू उत्पन्न भएका थिए ।

आमाको हाँसो


आमा तिमी हाँसी दिँदा
सगरमाथामा नै पुगे सरह हुन्छ यो मेरो मन ।
आमा तिमी रोई दिन्दा
भक्कानो नै फुट्ला जस्तो भएर आउँछ यो मेरो मन ।

यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा


यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
~~~~~०००~~~
आकाश र धर्ती यो ब्रम्हाण्डमा
रहेसम्म ,
मेरो देश नेपालको चन्द्र सूर्य अङ्कीत यो राष्ट्रिय ध्वजा ,
अतुतरुपमा यसरी नै सधैं सधैं फहराई रहोस ,
यसै ध्वजा मुनि तिन कोटि नेपाली सधैं हाँसिखुसी बाँच्न
सकोस ,
विश्व सामु नेपाल र नेपालीलाई यसै ध्वजाले ससम्मान
परिचित गराई रहोस् ,
फुलका थुङ्गा सरिका हामी नेपाली नेपालीलाई यसै
राष्ट्रीय
ध्वजाले एकसूत्रमा
बाँधी रहोस् बाँधी रहोस् … । जय जय जय नेपाल

नेपाल निर्माणमा प्रयोग भएको औजार “चन्द्रहाँस खड्ग”

प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरू अविस्कार भए वा बनाए ती सबै औजारहरूको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरूको मूलरुप हो “चन्द्रहास खड्ग” । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरूलाई फोर्दै यहाँको कालीदहको पानी सबै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे ।

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि
न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्

प्रकाशमान शिल्पकार

कलह र कलङ्क नासिनी भगवती कलङ्की माता

प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन ।

याकती-वाराही-अजिमा

याकती-वाराही- अजिमा
अजिमा म्हसीका
प्रकाशमान शिल्पकार
मातृशक्ती उपासना यायगु परम्परा झीगु नेपालमण्डलय प्राचीन कालंनिसें हे जुयावया च्वंगु खनेदु । थुकिया दसिख: थन स्थापना यानातगु थीथी मातृदेवीया मूर्तित: । अथे हे जुया थीथी थाय थासय सप्तमातृका, अष्टमातृका, नवमातृका व तलेजु भवानी आदि मातृशक्तिद्री::पिंया नापं गंछिद्य:पिं स्थापना याना शक्ति पिठत: थापना याना लोकजनपिं व देया रक्षा याकात:गु खनेदु ।

याकती-वाराही-अजिमा

याकती-वाराही- अजिमा
अजिमा म्हसीका

प्रकाशमान शिल्पकार
मातृशक्ती उपासना यायगु परम्परा झीगु नेपालमण्डलय प्राचीन कालंनिसें हे जुयावया च्वंगु खनेदु । थुकिया दसिख: थन स्थापना यानातगु थीथी मातृदेवीया मूर्तित: । अथे हे जुया थीथी थाय थासय सप्तमातृका, अष्टमातृका, नवमातृका व तलेजु भवानी आदि मातृशक्तिद्री::पिंया नापं गंछिद्य:पिं स्थापना याना शक्ति पिठत: थापना याना लोकजनपिं व देया रक्षा याकात:गु खनेदु ।

जय माता भवानी

आमा आमा भन्दै, म कुन मन्दिरमा धाऊँ
तिम्रो दर्शन पाउने, कुन हो प्यारो ठाऊ
तेरो मेरो भन्दै, कतिदिन म दु:ख पाऊँ
चाँडो मुक्ति पाउने देखाइ दिनुहोस ठाऊँ ।।१।।

यो संसार घुमफिरी डुल्दा हेर्दा मैले
आनन्द आको, शान्ति पाको देखिन मैले अर्को
देखिन्छ लोभ, मोह क्रोध आत्र धेरै भाको
खोइ त प्रभु प्रत्य्क्ष हजुरको दर्शन पाको ।।२।।

झन्डा फहराइरहने लक्ष्मीनारायणको अभियान

राजधानीको पुरातात्विक हनुमाढोका दरवार क्षेत्र लगायत संम्पदा क्षेत्रमा वर्षौदेखि आफूभन्दा निकै ठूलो चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डा फहराउँदै बस्ने व्यक्ति को हो ? भन्ने धेरैलाई खुल्दुली लागेको हुन सक्छ ।

०१३ सालमा भक्तपुर १३ लाछी टोलमा जन्मनु भएका निज लक्ष्मीनारायण शिल्पकार पिता लक्ष्मीभक्त र माता रत्नमाया शिल्पकारका माहिला छोरा हुन । निजको पुर्खौली पेशा काष्ठ शिल्पिकला हुन । भक्तपुरबाट बसाइँ सरी काठ्माण्डौ १४ कालिमाटीमा घरवार हुने निजका दुई छोरा र एक छोरी छन । पत्नी मैयाँ शिल्पकारको सात वर्ष अगाडि अल्पायुमा नै निधन भैसकेको छ ।