Skip to content

Karan.Biwasha

मुक्तक (प्राकृतिक प्रकोप)

हरेक वर्ष प्राकृतिक प्रकोपले नेपाल भूमि रुँदैछ
रोगसँगै वर्षा अनि बाढी भेलले झन पीडा हुँदैछ
यहाँ गाउँवस्तीहरू आपत बिपत्तिमा फसेका छन
नेपाल भूमिमा यो कस्तो विपत्तिको घेराले छुँदैछ

Read More »मुक्तक (प्राकृतिक प्रकोप)

मुक्तक (परदेशबाट)

गएको छोरो आउँछ आउन्न परदेशबाट
घरको छानो छाउँछ छाउन्न परदेशबाट
कयौं सपना सङ्गालेर जान त गयो छोरा
साहुको ऋण तिरिन्छ तिरिन्न परदेशबाट

Read More »मुक्तक (परदेशबाट)

खाडितिर………..!

पसिना चुहाएर गिट्टी कुट्न, त्यो खाडी तिर पठाएर
सन्चो बिसन्चो नभनी खट्न, त्यो खाडी तिर पठाएर
सरकार नाक ठुलै पार्छ,युवालाई रोजगार दिदैछु भनी
रातदिन नभनी बालुवा चाल्न,त्यो खाडी तिर पठाएर

मुक्तक……………………(बालापन )

ढाकाटोपी दाउरा सुरुवाल,गुन्युचोलीकै रहनसहन मन पर्छ
जिन्दगीका रङ्गहरु नियाल्नलाई, मलाई एक्लोपन मन पर्छ
कति आनन्द हुन्थ्यो उबेलामा, बाआमासँग जिद्धी गर्दै गर्दा
न कुनै जिम्मेवारी न तनाव,उमङ्गको त्यो बालापन मन पर्छ

गणतन्त्र

कविता: #गणतन्त्र

म मौन छु आज
गणतन्त्रको शुभकामना
भनिरहदाँ मन नियास्रो पारेर
सोचिरहेछु त्यो अतीत
लागिरहेछ हामीले
बर्बाद गर्यौ एउटा सिङ्गो
त्यो कालखण्ड
समय खेर फाल्यौं
खुट्टा तानिरह्यौँ
हामी,नेपाली
एक अर्काका सधैं
जुझिरह्यौं!

ती सपनाहरू,
आशा र आश्वासनहरु,
बाचा र प्रतिबद्धताहरु,
खै आज कता हराएर गए!
मेरो देशले देखेको सपना,
अनि पलाएको मुना,
चुडिएर गएको छ आज!

कसै-कसैका लागि
अझै भनौं,जो आफू गणतन्त्रका
मालिक हौं झै गरेर
व्यवहार देखाउछन,
हो तिमिहरुले ल्याको गणतन्त्र होइन यो,
यहाँ त हजारौं हजारले बलिदानी दिएका छन
खै त, त्यो बलिदानी को सम्मान !

दु:खपीडा……..(मुक्तक)

#मुक्तक

हामीले दु:खपीडा मात्रै अब कहिलेसम्म भोगिरहने यसरी
खै किन सधैं षड्यन्त्रकारीको तराजुमा जोखिरहने यसरी
सोच्नुस त ए देश हाक्नेहरु हो अब यो नाटक कहिलेसम्म
तै चुप मै चुप भन्दै बिकासको गति किन रोकिरहने यसरी

✍️…… करन बिवश

मिति :- २०७७ बैशाख १३ गते,शनिबार

उ विचरा मजदुर न थियो

सधैं झै डेराबाट
एका बिहानै उ हिड्यो,
केहि पर सडक छेउ पुगेर
यताउता नियाल्छ,
राजाधानीका सडक सधैं व्यस्त हुन्थे
तर आज उ सुनसान देख्छ,
अचम्ममा पर्छ
पुलिस दाईले सिधै कता
हिनेको भनी सोध्छ
था छैन त लाई देशमा
लक डाउन छ हँ,

अनि उ बिचरा
झसङ्ग हुन्छ,
त्यहीँबाट
सिधै डेरा तिर फर्किन्छ
बिचरा उ
ज्याला मजदुरी गरेर
पेट पाल्ने मजदुर न थियोे
अघिल्लो साझ समाचार सुन्नै पाएन
दिनभरि काममा ब्यस्त
साझको थकानले
एक गास खाएर
उ सोझै भोलिपल्टको
कामको कल्पना गर्दै
थकित ज्यानलाई
आराम दिन्थ्यो
यस्तै थियो उस्को दैनिकी,
किनकि उ बिचरा
मजदुर न थियो,

त्यो थकित शरीरबाट
पसिना चुहाएर जब

२०२०

सत्य कुरा विश्वमा, विध्वंस मच्चिएको छ
बिनाशकारी यो कस्तो, प्रपञ्च रचिएको छ
अड्कल नै गर्न सकिएन,खै यस्तो के हुदैछ
यो २०२० मा अझै खै, के-के लेखिएको छ

नयाँ बर्ष

#कविता : #नयाँ_बर्ष

खै त नयाँ पन,
उमङ्ग,उत्साह खै त,
न कतै बस्तीहरुमा खुसी छ,
न राग छ,न रस छ,
न त खुलेका छन रहरहरु,
मन कता-कता पीडामा छ,
उदास छन डाडा काडा,
सुनसान छन मानवबस्तीहरु,
कुडिएका छन मनहरु
भत्किएका छन सपनाहरू
एका-एक मरेका छन आशाहरु
न त बसन्तले नयाँ जोश बोकेको छ,
उल्टै आज जगत सारा रोएको छ,
जिवनका सम्पूर्ण आधारहरु,
भत्किएका छ्न,
बेचैनी छ तनमा,
यताउती हेर्छु मात्र पिर,
अनि ब्यथाहरु मात्रै देख्छु,
बिश्व एउटा पीडाले आक्रान्त छ,
हरेक जन तनावग्रस्त भएका छन,
आशा मारिसकेका छन्
र पनि तिमी आयौं
समय फेरेर नयाँ बर्ष बनेर,

सारा चिज उहीँ ,
समय उहीँ,परिवेश उहीँ,

प्राथना

बिश्व शान्तिका निम्ति हरेक पलपल साधना गरिरहेछु
मानव कल्याणका लागि हरेक प्रहर प्राथना गरिरहेछु
अब छिट्टै यो संकटको स्थितिबाट संसार भरका सारा
मानवबस्तीहरु भयरहित बनुन् भनि कामना गरिरहेछु..

फूल

ए प्रिय फूल कति हाँस्छस्
कति मुस्कुराउछस्
न घाम, न पानी, न हावा हुरी
जस्तो विषम परिस्थितिमा नि
छुट्टै आभा बोकिरहन्छस्
मान्नै पर्छ तिम्रो धैर्यता र त्यो साहसलाई
सलाम छ तिम्रो त्यो निडरतालाई

दुई मुक्तक (तीज विशेष)

१)
तीज आयो एउटा महंगो साडी, किनिस्योस् न ए मेरो हजुर
जसरी नि यसपाली कानको वाली, किनिस्योस् न ए मेरो हजुर
हिंडेर जानै सकिन्न अलि टाढा छ, माइतीघर त्यसैले त
सरर जानलाई यसपाली त गाडी, किनिस्योस् न ए मेरो हजुर

परदेशतिर (मुक्तक)

गरिबीले सारा युवा,पुग्दैछन परदेशतिर
पसिनाका धाराले,रूझ्दैछन परदेशतिर
दिन रात नभनिकन,नेपाली मन मुटुहरू
हरेकदिन मृत्युसँग,जुध्दैछन परदेश तिर।

परदेश बाट………….(मुक्तक)

गएको छोरो आउँछ आउन्न परदेश बाट
घरको छानो छाउँछ छाउन्न परदेश बाट
कयौं सपना संगालेर जान त गयो छोरा
साहुको रिन तिरिन्छ तिरिन्न परदेश बाट

शुभकामना (मुक्तक)

मखमली अनि दुबो सरी मौलाओस भाइचारा यही छ चाहना
प्रगतिपथमा लम्किरहुन पाईला सधैं उच्च रहोस मनोभावना
भाइबैनीमा सदभाव रहोस् चारैतिर सुखशान्ति छाओस् देशमा
फूलैफूलको पर्व तिहारको सबैमा सुख सम्वृद्धिको शुभकामना

अचम्म छ……….(मुक्तक)

मान्छे रहेन मान्छे भए, कुलङ्गार अचम्म छ
कुन्नी खै कता हरायो, सदाचार अचम्म छ
विसङ्गती मौलायो आज,यत्र तत्र जहाँ पनि
आफन्तबाटै छोरी चेली,बलात्कार अचम्म छ

आउदै छ……(मुक्तक)

मन मुटु माझ सधै पिर छ, आउदै छ दशै तिहार
आफ्नो त फुटेको तक्दिर छ,आउदै छ दशै तिहार
ठूला ठालुलाई त हरेक दिन दशै छ, हाम्रो यो देशमा
तर नेपालीका अघि काडे भिर छ, आउदै छ दशै तिहार

महङ्गिले………………(मुक्तक)

घर व्यवहार खै कसरी धान्नु, महङ्गिले आकाश छुदाँ
यो दशैं पनि खै कसरी मान्नु, महङ्गिले आकाश छुदाँ
जाउ बाबा भन्छन छोराछोरी नाना ल्याउन बजारतिर
चिची पापा खै कसरी छान्नु, महङ्गिले आकाश छुद