पातको नाद-कानपात नाप्दै-नाप्दै वेगले हानिरहेछ
हातको हात- दिनदहाडै- दिन तम्तम्याइलो पल्टिरहेछ
पेटीको बास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ
माथि लक्ष्यको तादो नउठ्दै झ्वाट्ट चुँडिरहेछ ।

गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ
यात्राको अन्त्य किन आरम्भतिरै – झररिहेछ –
प्रश्न का“चो छ । मौन छ । उत्तर गौण छ ।
भारदारी चस्माभित्र आ“खा भदौको डिगो बन्दैछ
झनै-झनै थाक्रो बेगरको लहरो बाटो बिराउ“दैछ ।

उ पर सन्नाटा बीचबाट अलमल गन्तव्य लौरो बिर्सिरहेछ
घर त बूढो भएको छैन तर लाग्छ
भुइ“चालो डोर्‍याइरहेछ
अस्ितत्वको सखुवा ढल्नै-ढल्नै लागेर पो हो कि –
किन धमिरा देवल उठाइरहेछ –
दिउले च्याउको अस्ितत्व साउनले पिइरहेछ ।
चढ्नै नसकिने शिखर वर्तमानमा बाउन्ने किन बनिरहेछ –
हर्ेर्छर्ुुो प्वालबाट त्यो प्वालबाट आगन्तुक र अपरििचत
समय यो माटोमा खचाखच भररिहेछ
भ्रम हो कि – यथार्थ –
छुट्टिदैन हुलिया अलिकति पनि
छुट्टिदैन हुलिया ।
हुलिया हराइरहेछ ।

नेपाल साप्ताहिक
अंक ३०७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *