हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

बलिया तिम्रो पाखुरा, सत्रुको सामु उठाउन,
युवाको सक्ति एक जुट भए सक्ने छौं संसार थर्काउन,
हिंसाको लक्ष्य छोडेर, बन्दुकको नाल मोडेर,
हुर्काउन नेपाल फूललाई, सत्रुको झार गोडेर

हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

मौका पाए नेपालै खाने, छिमेक छेउ राष्ट्र छ,
अलिअलि नेपालै बेच्ने, नेपाली नै भ्रष्ट छ,
नछोड युवा संगठन, बनाउ बलियो जुटेर
हुँदैन भलो कसैको, बर्ग बर्ग फुटेर

हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

शहीद हाम्रा लडेर, सत्रुको सामु हारेनन्
देशको निम्ति मरेका, सानको निम्ति मरेनन्,
रगत तिनको पुकार्छनझुक्नू कहिले सत्रुमा
भर कहिल्यै नपर्नू विदेशीको मित्रुमा

हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

मरेर गए शहीदहरू नेपालको गौरव बढाउन,
कहिले पछि हटेनन्, देशको लागी रगत चढाउन
कति शहीद भए हुन अमाको लागी लडेर
हामीलाई स्वतन्त्र दिएर गए, तर आफै मरेर।

हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

फेरि पनि हाम्रो सामु, देशको भार आउँदैछ
छिमेकी राष्ट्रको नजरले, अन्धकार देशमा छाउँदै छ
नफुटि पार्टी भिन्नता, एक जुट भइ बसन
हमला गर्ला कुनै दिन, लड्न लाइ कम्मर कसन

हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

नेपाली जनता समान हुन, जात पात छोडेर
समानता हामी पाउँदैनौ, हात मात्रै जोडेर
जातभात धनी गरिब, सबै जुटौं मिलेर
राम्रो हुन्छ यो धर्ती, सान्तीको फुल फुलेर

हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
समानताको लागि लडेर, संसारको सामु चम्क न।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *