आफ्ना पर गए भन्ने सुन्न सकिएन
अर्कासँग साँचो माया बुन्न सकिएन ।
काँपेका ओठहरू सहेका छन् चोटहरू
रोए आँखा झरे आँसु थुन्न सकिएन ।
पहिलो मेरो मायाँले ज्यानै आधी भयो
जीवनभरि अब अर्को चुन्न सकिएन ।
बगैंचामा फूल फुल्छ मेरो मन खालि
दुईटा फूल टिपेँ माला उन्न सकिएन ।
खडेरीमा मनसुनपर्दा भयो मेरै चर्चा
रुझ्दै भिज्दै झुटो माया तुन्न सकिएन ।
मिति: २०६८।७।२३ गते
एलादी ४ स्याङ्गजा (हाल कुवैत)
tapaiko kabitalai
tapaiko kabitalai kalinchowkfm ko websitema pani haliyeko cha hernu hola . http://www.kalinchowkfm.com/2011/11/blog-post_9269.html
कालिन्चोक एफएमका प्रतिनिधिजी,
कालिन्चोक एफएमका प्रतिनिधिजी,
मझेरीका रचनाहरू तपाईँको आफ्नो साइटमा राख्ता श्रोतको श्रेय मझेरीलाई दिनुहोला । जथाभावी कपीपेस्ट गर्नु लेखक र प्रकाशकप्रति अन्याय हुन्छ ।