प्रोलग: कथाको प्रथम ड्राफ्ट
कभिकभि,
मौत भि जब
एक किताब लिखती है
तो, भूमिका लिखवानेके लिए
जिन्दगीके पास आती है
-अमृता प्रितम

प्रसङ्ग : एउटा मजदुरको बयान

कुरा एकदम साँचो हो । मैले नै त्यसलाई र्सवप्रथम देखेको हुँ। त्यसलाई मैले जिउ“दो अवस्थामा कहिल्यै देख्न पाइन“ । ऊ कहा“को थियो, कस्तो ‘टाइप’को मान्छे थियो, मलाई केही थाहा भएन । कस्तो दुःखद कुरा उसका निजी सपनाहरू थिए होलान् उसका पनि व्यक्तिगत रुचि/रहर अनि लक्ष्य इत्यादि थिए हुनन् ।

आफ्नै प्रकारका मानवीय/दानवीय आहत एवम् स्वभाव थिए होलान् । आफ्नो भन्नलायकका आफन्त, मित्र एवम् शत्रुहरू थिए होलान् ।

धत्तेरकिा, त्यसरी पनि कोही मर्दो हो । वास्तवमा त्यो सा“झ म कामबाट र्फकंदै थिए“ । अब, काम के भनू“ – तपाईंलाई अघि नै बताइसकेको छु । दैनिक मजदुरी गर्छर्ुु म मजदुर हु“, साहेब । दिनभर काम गर्दा निकै गलेको थिए“ । आजकल कामको ‘लोड’ पनि त ज्यादा छ । तर, ज्यालाचाहि“ सधै“ उस्तै । आफू भने सधै“ ठन्डाराम ।

त्यो सा“झ हाकुचाको भट्टीपसलमा दर्ुइ गिलास दारु सितनबिना घुट्क्याएको हु“ । रक्सीले आजकल चा“डै छोइदिन्छ । आखिर, बूढो पनि त भइगए“, होइन र † त्यो साले ठेकेदारले भनेको ‘ट्याम’मा कहिल्यै सुको झार्ने होइन । घर्रखर्च चलाउन पनि धौधौ पर्छ ।

के भनू“ सर, यस्तो बखत यता स्वास्नी फेर िदर्ुइ जीउकी भा’की छे । पहिल्यै दुइटी छोरीहरू छन् । भु“डी नबोक् भनेको थिए“ । त्यसले के भनी, थाहा छ – भन्छे, “आफ्नै भु“डी हो बोक्छु ।”

बच्चा फालौ“ भन्छु । उसलाई छोरा चाहिएको छ । मरेपछि आगो सल्काउन । दागबत्ती दिन छोरा चाहिन्छ भन्ने उसको ढिपी बुझिनसक्नु छ । अब, मरेपछिको कुरा दैव जानून् । तपार्इंले देखिहाल्नुभो नि † मरेपछि त्यो मान्छेको अवस्था । अब केको दागबत्ती ।

कहिलेकाही“ त कस्तो लाग्छ भने सर, आफ्नै दागबत्ती दिउ“m र त्यही मान्छेझै“ परलोक गइदिउ“m । स्वास्नीको त्यो भुक्क उठेको भोगटेजस्तो भु“डीले मलाई निकै तर्सर्ााछ । यस्तो गरबिीमा एउटा दरद्रि लोग्नेकी स्वास्नीले भु“डी बोक्नुजस्तो दुःखलाग्दो कुरा यो दुनिया“मा अरू के होला –

डेरामा फकर्ंदा त्यसलाई देखेको हु“ । त्यस्तो अ“ध्यारो/एकलास, सुनसान पाटीमा को सुतेको रै’छ जस्तो लाग्यो । नजिक गई हर्ेदा पो चाल पाए“ । त्यो त सुतेको होइन र’छ । लास मरसिकेको पो रै’छ ।

अ“ध्यारोमा त्यसको अनुहार राम्रँेसित देख्न पाइन“ । छामी हेरे“, चलमलाउ“दैन । आजसम्म मैले मरेको मान्छे छोएको होइन । बाफरेबाफ † धेरै साह्रँे र चिसो पो हु“दो रै’छ ।

लासका लुगाहरू दामी थिए ।

मेरो बाया“ हातमा प्लास्टिकको झोला थियो । त्यहा“ भरे बूढीलाई खुवाउ“ला भनी हाकुचाको पसलबाट ल्याएको उधारो रक्सी थियो । तर, मेरो दर्ुभाग्य हेर्नोस्, लासलाई छामछुम गर्दा सप्पै रक्सी उसको अनुहारमा पोखियो । घोप्टो परेर लासको मुख स“ुघे“ । मुखमा/अनुहारमा रक्सीको आलो गन्ध थियो ।

जुगा –

अह“ । होइन, होइन । वास्तवमा ऊसित जु“गा र दाह्री केही थिएन । भन्छन्, जु“गा भनेको मर्दको जङ्गी निसानी हो ।

अब केको जङ्गी निसानी –

वास्तवमा, लास जु“गाविहीन थियो । दाह्रीको अत्तोपत्तो थिएन । मलाई डर लागिरहेथ्यो । भनिहाल“े, मैले लासलाई आजसम्म छोएको थिइन“ । कहिलेकाही“ आफ्नै शरीर लासझै“ लाग्नु भनेको अब, अर्कै कुरा भई गो ।

म फटाफट हि“ड्न चाहन्थे –

तर, एउटा दुष्ट विचार दिमागमा आयो । दिमागमा प्रायः दुष्ट विचार नै आउ“छन् । मैले उसका खल्तीहरू छामे“ । कमिजमा दुइटा कलम रहेछन् । लिए“, किनभने ती कलमले मेरा हर्ुर्किरहेका छोरीहरूको भाग्य लेख्न सक्थे । उसको हाफ सुइटर बल्लबल्ल उतार्न सके“ । यसो गर्दा मैले धेरै बल गर्नुपर्‍यो । सुइटरलाई आफ्नो शरीरमा भिर“े । छालाको जुत्ता पनि लिइछाडे“ । लासको मोजा गन्हाइसकेका थिएनन् । आफ्नो थोत्रो चप्पल फ्याकिदिए“ र लासको जुत्ता/मोजा लगाए“ ।

वास्तवमा, लासलाई यी सबको अब आवश्यक पनि त थिएन –

उसको जीवनको यात्रा त समाप्त भइसकेको थिएन र – यात्रा त मलाई गर्नु थियो । लासको जुत्ता लगाएर मैले अझै कठिन यात्रा तय गर्नु थियो । लासको खल्तीबाट मैले थुप्रै कागजपत्र फेला पारेको थिए“ । लास वास्तवमा को रहेछ भन्ने कुरा म बुझ्न चाहन्थ“े । तर, त्यस्तो केही भएन । त्यहा“, थुप्रै सिनेमाका टिकटहरू थिए । लास प्रशस्त सिनेमा हेर्दो रहेछ । ऊ चिडियाघर पनि जा“दोरहेछ भन्ने कुरा चिडियाखानाका टिकटहरूले बताउ“थे । कागजहरूकै बीचमा मैले पा“च सय रुपिया“को कच्याककुचुक नोट पाए“ ।

तर, लाससित परचियपत्र र नागरकिताको प्रतिलिपि थिएन –

अ“ त, त्यसपछि मैले के गरे“ –

त्यसपछि म मासु पसलमा देखा पर“े । एक किलो बङ्गुरको मासु किन“े । पसलहरूबाट मैले दा“त माझ्ने बुरुस/मञ्जन अनि नुहाउने साबुन किने“ । चामल/दाल र आलु पनि मैले किनेको हुनर्ुपर्छ, अहिले बिर्सर्ें ।

कोठामा बूढीले स्वादिलो मासु पकाई । कलम छोरीहरूलाई दिए“ । बच्चाहरूले मज्जासित मासुभात खाएको देख्दा मेरो आत्मा रमायो । राती अबेरसम्म हामी बूढाबूढीले नानाथरीका रमाइला कुराहरू गर्‍यौ“ । सुत्नेबेला स्वास्नीले मेरो बाया“ हात समातेर आफ्नो चिल्लो भु“डीमा राखिदिई । त्यो नरम, चिल्लो भु“डी मलाई मेरी र्स्वर्गवासी आमाको कोमल गालाजस्तै लाग्यो । स्वास्नीको भु“डीभित्र केही चलमलाएजस्तो लाग्यो र मैले आफ्नो हात झट्कार“े । स्वास्नीले हास्दै मेरो कानैमा भनी ः

“यसपालि त छोरा कसो नहोला ।”

त्यसैबेला हो, त्यसैबेला, मलाई त्यो मरेको मान्छेको याद आयो । उसको सुइटर अझै म लगाइरहेको थिए“ । म डराइरहेको थिए“ । यस्तो लाग्थ्यो, त्यो लास मेरी स्वास्नीको भुडीभित्र चलमलाइरहेको छ र आफ्नो छालाको जुत्ता खोजिरहेछ, जसलाई लगाएर उसले सायद धेरै लामो यात्रा पार गर्नु थियो ।

सायद लासको यात्रा अझै टुङ्गिएको थिएन-

हो सर,
कुरा एकदम सा“चो हो । मैले नै त्यसलाई र्सवप्रथम देखेको हु“ ।

नेपाल साप्ताहिक
अंक २८०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *