अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, सेप्टेम्बर)

  • by
20111001_AcharyaPrabha_News_01


आचार्य प्रभा/ डेन्भर(कोलोराडो)
सेप्टेम्बर २६ , २०११

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले नियमित संचालन गर्दै आईरहेको “साहित्य सँगम”मासिक कार्यक्रम यो पटक (सेप्टेम्बर अंक) श्रीसमीर आचार्य तथा वहाँकी श्रीमती नुजु आचार्यको आतिथ्यमा वहाँहरूको निवासमा भब्यताको साथ सम्पन्न भयो ।

श्री समीर आचार्यका बयोबृद्ध पिता श्रीमोहनप्रसाद आचार्यज्यूले सबै आगन्तुकहरूलाई स्वागत गर्नु हुँदै लेखनाथ पौड्यालको कविताबाट कवि गोष्ठीको श्रीगणेश गर्नु भएको थियो ।

सदा झैं कविगोष्ठीको संचालन कोलोराडो च्याप्टरका अध्यक्ष श्रीपदम विश्वकर्माबाट भएको थियो भने उक्त गोष्ठीमा आ-आफ्ना रचनाहरू पाठ गर्नुहुनेहरूमा बरिष्ठ गजलकार श्रीमनु ब्राजाकी, अनेसास केन्द्रीय अध्यक्ष श्रीज्ञानेन्द्र गदाल, कवयित्री चन्द्रकला नेवार, डा विजयराज शर्मा, प्रमिला शर्मा, विजयदेव अधिकारी, तारा अधिकारी, युवाकवि समुन्नत लामिछाने, सम्झना आचार्य, कृष्ण मुरारी ढुङेल, निर्मल प्याकुरेल, मीना पौडेल, शरद आचार्य, भुपेन्द्र महत, हरि अधिकारी, पदम विश्वकर्मा, बासुदेव खनाल, समीर आचार्य हुनुहुन्थ्यो ।

त्यस्तै गरेर रचना श्रवण गर्नेहरूमा नुजु आचार्य, बिनोद त्रिपाठी, सञ्जय श्रेष्ठ, राजिव श्रेष्ठ, श्रीमती शमा आचार्य, श्रीमोहन मिश्र हुनुहुन्थ्यो ।

हरेक महिना संचालन हुने कवि गोष्ठीमा कोलोराडोबासीहरूले नेपाली साहित्यलाई माया गरेर हरेक लेखकहरूलाई प्रेरणा दिन आफूहरूले सक्दो सहयोग दिईरहेकोमा कोलोराडोबासी कविहरू अझ उत्प्रेरित बन्दै गईरहेको सबै कवि मनहरूले महसुश गरिरहेका छन् ।

यसै क्रममा कवि गोष्ठी संचालन गर्न आफ्नो निवास उपलब्ध गराईदिनु हुने श्रीसमीर आचार्य तथा श्रीमती नुजु आचार्यप्रति अध्यक्ष पदम विश्वाकर्मा अनुग्रिहित बन्नु हुँदै २०६८ सालको विजया दशमीको उपलक्षमा सबैलाई शुभकामना दिनुभएको थियो भने २९ अक्टोबर २०११मा हुन लागेको १०२ औँ देवकोटा जयन्तीमा सबै साहित्यानुरागीहरूलाई सहभागी हुन हार्दिक आग्रह गर्नुभएको थियो ।

अब हुने नोभेम्बर महिनाको कविगोष्ठी कवि भूपेन्द्र महतको निवासमा हुने खुलासा पनि अध्यक्षज्यूले गर्नु भएको थियो ।

यसरी सदा झैं यो पटकको गोष्ठी पनि सफलता पूर्वक सम्पन्न भयो । अरु बेला झैं कार्यक्रमका सम्पूर्ण तस्बिरहरू आफ्नो क्यामेरमा लिई दिनु भएर श्रीशैलेस पोख्रेलज्यूले यस कार्यक्रमलाई सहयोग गर्नुभएको थियो ।



  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *