आइतबार

…र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

आजै अस्पताल भर्ना भएको एउटा अनौठो बिरामीको उपचारमा दिनभर व्यस्त रहे“ । ऊ छाती पोल्यो भन्छ र रुन्छ, छटपटाउ“छ । र भन्छ, “आई गट पेन इन माई चेस्ट, प्लिज डक्टर इफ पोसिबल किल मी, आई वान्ट टू र्डाई ।” तर, परीक्षणमा केही छैन । समग्रमा उसमा कुनै पनि रोगका लक्षण छैनन् । आज सामान्य केही औषधि लेखिदिएको छु ।

सोमबार

म त्यही घटना सम्भिmरहेछु, मैले उसलाई त्यति सिरयिस देखिन“ । कतिसम्म भने डिस्चार्ज गरेर घर जानेसम्मको सल्लाह दिए“ । तर, उसले मेरो सल्लाह मानेन । बरु दाहिने हातले आफ्नो छाती विस्तारै थिच्दै भन्यो, “डाक्टर, सायद प्रत्येक आ“सुले पीडा दिन्छ । मस“ग त्यही आ“सुको पीडा छ र मेरो छातीमा चोटैचोट छ । मलाई डिस्चार्ज गरेर चोट नथप डाक्टर । म त्रि्रो छेउ बस्न चाहन्छु । त्रि्रो छेउमा मलाई केही ढाडस मिलेको छ । बरु मिल्छ भने तिमी मलाई मारदिेऊ । डाक्टर पीडा खेपेर बा“चिरहनुभन्दा म मेरो मृत्युपत्रमा हस्ताक्षर गरििदन्छु ।”

मेरा लागि यो अनौठो पेसेन्ट हो । यस्तो पेसेन्ट मैले न कहिल्यै अस्पतालमा भेटे“, न मेरो क्लिनिकमा ।

मैले उसको शरीरको माथिल्लो भाग स्टेथेस्कोपले जा“चे““ । सबै ठीक थियो । बाहिर देखिने गरी कतै घाउको कुनै निसाना थिएन । उसलाई भित्रैसम्म पीडा हुने गरी पोल्ने उसको छातीमा के त्यस्तो रोग थियो, मेरो स्टेथेस्कोपले पत्ता लगाउन सकेन ।

मैले उसको छातीको सिटीस्क्यान र एक्सरे गरे“ । मुखबाट नली राखेर भित्रका धेरै अङ्गको परीक्षण गरे“ तर उसको कुनै अङ्गमा त्यस्तो खराबी देखिएन । सबै ठीक थियो । ऊस“ग चुरोट, रक्सी, भुटेको सुपारी, पान, कफी, चकलेट, प्रत्येक बिहानको कडा एक्सरसाइज केहीको लत थिएन ।

मङ्गलबार

आज तेस्रो दिन ऊ निकै छटपटाइरहेको थियो । त्यहा“का तीन नर्सले थाम्न नसक्ने गरी बेडमा म“डारएिर उसले झन्डै चिच्याएजसरी भन्यो, “पोल्यो मेरो छातीमा पोल्यो । म सहन सक्दिन“ । कि मलाई मारदिेऊ, कि मेरा प्रत्येक नसाहरू चिर र त्यसभित्रका आ“सुहरू निचोरेर फालिदेऊ डाक्टर † ती आ“सु खील बनेका छन् मेरो छातीमा ।”

छाती सुम्सुम्यायो, मडारयिो र एकैछिनमा फेर िविस्तारै शान्त भयो । सिटीस्क्यान, एक्सरे र अन्य जा“च आज पनि भयो । रपिोर्टमा कुनै खराबी देखिएन ।

“तपाईंस“ग के त्यस्तो लत छ, जुन तपार्इं हामीलाई ढा“टिरहनुभएको छ -”

“म कुनै कुरा ढा“टिरहेको छैन,” ऊ एकछिन कतै हरायो र सुनायो, “भन्यो भने कसैले पत्याउ“दैन । तर, म तिमीलाई भन्छु, हरेक सा“झभन्दा फरक गरी उसको बिहे हुनु तीन दिनअघिको सा“झ मेरा छातीका रौ“हरू भिज्ने गरी ऊ धेरै बेर रोई । पहिलोपटक मेरो छाती त्यही रात पोलेको थियो । उसको आ“सु परेजति ठाउ“ नमीठो अनुभव हुने गरी चस्िकएको थियो । त्यसको पर्सिपल्ट ऊ अर्कैकी भई । यसो भनौ“, त्यसपछि ऊ वैधानिक रूपमा कुमारी रहिन । त्यसपछि मलाई नियमित यस्तो हुन थाल्यो । म त्यही आ“सुको पीडा खेपिरहेको अभागी मान्छे हु“ ।” उसको सीमान्त पीडा अनुभूत गर्न सकिन्थ्यो ।

“तिमी छिट्टै निको हुन्छौ । यो त्रि्रो साइकियाटि्रक प्रोबलम हो ।”

“इटइज इम्पसिबल डाक्टर † तिमी पत्याउन्नौ मभित्र सा“च्चै आ“सुको घाउ छ ।”

बुधबार

आज ऊ सामान्य थियो ।

“मैले उसलाई आफूलाई भन्दा धेरै मन पराए“ र प्रेमको भ्रममा बा“चे“ । तर, मैले मेरो प्रेममा फगत छाती पोल्ने आ“सुबाहेक केही पनि पाइन“ । भन अब यो आ“सुको घाउ कसरी निको हुन्छ -” मैले स्टेथेस्कोप छातीमा राख्दै गर्दा उसले भन्यो ।

“त्यस्तो तिमीलाई लागेको मात्र हो । आ“सुले कहिल्यै पनि भित्र घाउ बनाउ“दैन । आ“सुमा कुनै त्यस्तो एसिड हु“दैन । आ“सुले त्रि्रो छातीमा घाउ बनायो भन्ने त्रि्रो दाबी असत्य हो । त्यो त्रि्रो भ्रम मात्र हो । आ“सु त झरहिाल्छ, यो प्राकृतिक नियम हो । आ“सु झर्नु आ“खाको नानीका लागि पनि फाइदाजनक कुरा हो ।”

“सबै सत्यको प्रमाण हु“दैन । त्रि्रो स्टेथेस्कोपले पत्ता लगाउन सक्दैन आ“सुले भिजेको मेरो छातीको घाउ । मस“ग त्रि्रो सिटीस्क्यान र एक्सरेले देखाउन नसक्ने चोट छ । छातीभित्र यो करङको चेपचेपमा उसको आ“सुका दागहरू छन् । त्यस आ“सुले बनाएको घाउले मेरो छाती चाल्नोजस्तो बन्दैछ भन्ने मैले अनुभव गररिहेको छु । मेरो छातीमा कहिल्यै नमेटिने गरी सुकेका आ“सुका टाटाहरू छन् । प्रत्येक टाटाहरू चसक्क चस्िकन्छन् र प्रत्येक चस्काइमा मेरो छाती विस्तारै कमजोर बन्छ । मलाई लाग्छ, चस्काइपिच्छे अब म विस्तारै सकिन्छु । मलाई मेरो मुटु ग्यास ट्याङ्करजस्तो छताछुल्ल हुने गरी विस्फोट हुन्छ भन्ने अनुभव भइरहन्छ । तिमी यी केही देख्दैनौ डाक्टर, केही देख्दैनौ । तर, यी सबै मस“ग छन् र सबै सत्य हुन् । रोगीभित्रका सबै घाउहरू देखिने र पत्तो लाग्ने गरी हु“दैनन् ।”

बिहीबार

उसले सामान्य छाती पोलेको बतायो । आवश्यक ठानेको औषधि सेवन गराए“ । ऊ केही गफिन चाह्यो । मैले उसलाई केही समय दिए“ ।

“डाक्टर, ऊ मेरो मनमा यसरी फैलिएकी छ कि चाहेर पनि उसलाई मबाट पन्छाउन सक्दिन“,” उसले भन्यो, “कतिसम्म भने म यो खुला हावामा, यो जुनेली रातको छायामुनि बिर्सन खोज्दै उसलाई कल्पिरहेको हुन्छु र त्यही कल्पनाको दुःखमा आनन्दित हुन्छु । म जूनको छाया, चिसो र शीतजसरी झरेको तुषारो, अ“ध्यारो रात सबैलाई नियाल्छु र उसैलाई अ“गालो हालेर एकपटक रुन चाहन्छु । डाक्टर तिमीलाई माया गर्ने आफूभन्दा प्रिय मान्छेको सम्झना आउ“छ कहिल्यै – तिमीले कहिल्यै आफूलाई भन्दा बढी अरूलाई प्रेम गरेका छौ -”

मैले कुनै प्रतिक्रिया जनाइन“ । उसले थप्यो, “म अस्पतालको ओच्छ्यानमा पल्टिरह“दा पनि बुझ्दिन“ किन उसको सम्झना मेरो मनमा मुस्लो बनेर पस्छ – किन अर्काकी भइसकेकी उसलाई म यति धेरै सम्भिmन्छु र किन यो मनमा उसको मात्र झझल्को टा“सिएको छ – म किन विगतको ऐनामा मात्र हर्ेर्छर्ुु आफूलाई दुःखी बनाउ“छु – सायद म पनि सबै मान्छेजस्तै छु कि -”

उसले फेर िउसकी प्रेमिका उसको छातीमा टाउको अड्याएर रोएको, आ“सु बगेको र त्यही रातदेखि आ“सुले भिजेको उसको छाती चस्िकएको कुरा दोहोर्‍यायो ।

शुक्रबार

नर्सहरूले आज ऊ बिहानदेखि नै छाती दुख्यो भन्दै छटपटाइरहेको बताए ।

म उसको बेडमा पुगे“ । ऊ छाती समात्दै छटपटाइरहेको थियो । यसपालिको छटपटी पहिलाभन्दा सयौ“ गुणा बढी अनुभव हुन्थ्यो । छेउमा रहेका दर्ुइ नर्सले उसलाई सम्हाल्न सकिरहेका थिएनन् । छटपटाउ“दा छटपटाउ“दै ऊ ओच्छ् यानबाट भुइ“मा डङरङ्ग लड्योे । मैले उसलाई यथास्िथतिमा ल्याउने कुनै पनि प्रयास गर्न नपाउ“दै हातखुट्टा तन्काउ“दै र छातीमा छाम्दै ऊ घोप्टो परेर पछारयिो । म मात्रै उसलाई हेरेको हेर्‍यै भए“ ।

यी सबै घटना अकस्मात् केही हु“दै नभएजसरी यति छिटो भए कि केही सोच्न नभ्याउ“दै पत्याउनै नसक्ने गरी भए । मेरैअघि उपचार गर्दा गर्दै धेरै पेसेन्ट मरे तर यसरी कोही मरेको थिएन । अरू पेसेन्ट रोगी भएर मर्थे । यो पेसेन्ट बिनाकुनै रोग मर्‍यो । उसको मृत्यु मेरा लागि बिनाघटना भएको एउटा ठूलो दर्ुघटनाजस्तै भयो । एकछिनअघिसम्म किल मी भन्दै छटपटाउ“दै गरेको पेसेन्ट आफै“ मर्‍यो । मैले साथमा रहेको स्टेथेस्कोपले छाती र नाडी जाचे“ । रक्तसञ्चार अवरुद्ध भइसकेको थियो । पल्स रेटिङ् अलिकति पनि बा“की थिएन । कतिसम्म भने त्यति छिट्टै नाडीमा तातो पनि हराउ“दै गएको थियो । उसको बडी डेथ भइसकेको थियो । एकछिनअघिको तातो पनि अब सेलाउ“दै गइरहेको थियो । मैले देखे“, उसको छातीमा चिटचिट पसिनाजस्ता केही बु“दहरू थिए ।

शनिबार

आज उसको मृत्यु भएको दोस्रो दिन हो । यदि जीवित भइदिएको भए आज ऊ अस्पताल भर्ना भएको सातौ“ दिन हुने थियो । छ दिनसम्म ऊ मेरो पेसेन्ट भएर बस्यो । ऊ भर्ना भएको कोठा आज एक्लो छ । मैले कसै गरे पनि उसको छातीको व्यथा पत्ता लगाउन सकिन“ । मलाई सम्झ“दा पनि अचम्म लाग्छ, सबै प्रविधि अपनाउ“दा पनि पत्ता नलाग्ने उसलाई के रोग लागेको थियो † ऊ क्षणमै तन्दुरुस्त र क्षणमै सिकिस्त हुनेगरी छातीमा झड्का दिने कुरा के थियो – जा“च्दा त उसको सबै कुरा नर्मल नै थियो ।

सायद मान्छेभित्र विज्ञानले पत्ता लगाउन नसक्ने अदृश्य घाउहरू धेरै हु“दा रहेछन् । उसले भनेजस्तै उसको छातीमा पोल्ने त्यही प्रेमिकाको आ“सु नै थियो – उसले बताएजस्तै एक्सरे, सिटीस्क्यान केही गरे पनि पत्ता नलाग्ने गरी सा“च्चै उसको छातीमा उसकी प्रेमिकाको आ“सुले घाउ बनाएको थियो – मैले पढेको विज्ञानको उपचार पद्धति उसको छातीको घाउ पत्ता लगाउन असफल भएकै हो – होइन भने किन नदेखिने घाउका कारण एउटा बिरामी -ऊ) समग्र डाक्टर -म) हरूलाई चुनौती दिएर मर्‍यो – म सोचिरहेछु उसको मृत्युस“गै विज्ञानलाई चुनौती दि“दै थुप्रै घाउका ढोकाहरू खुलिरहेका छन् । पीडा र चीत्कारका ढोकाहरू खुलिरहेका छन् ।

आइतबार

ऊ अस्पताल भर्ना भएको खबर थाहा पाएपछि भेट्न आएकी एउटी विवाहित युवती उसको मृत्युको खबरले मर्ूछा परेकी थिई… । आज दोस्रो दिनसम्म पनि उसको होस खुलेको छैन । म त्यही मर्ूर्छित युवतीको उपचारका लागि घा“टीमा बेरएिको स्टेथेस्कोप समाएर उसको छेउमा उभिएको छु ।

…र, दुःखी भएर डायरीमा आज मैले लेख्नर्ैपर्छ, “ऊ मेरी श्रीमती हो ।”

नेपाल साप्ताहिक
अंक २७८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “अकारण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *