बालक हामी कोपिला
भोलि ठूलो हुनेछौँ ।
राता र हामी पहेँला
बगैँचाभरी फुल्नेछौँ ।।
नेपाल हाम्रो बगैँचा
तराई फूलबारी ।
हिमाल हाम्रो शिरको टोपी
पहाड घरबारी ।।
दाजु र भाइ दिदी बहिनी
अब त जागौँ ए ।
बिहान उठी खेतबारी खन्न
अब त लागौँ ए ।।
पुर्खाले जोगाइ राखेको मुलुक
रमाइ बसौंला ।
हिमाली हावा उँडेर जाला
सम्हाली राखौँला ।।
मुना २०६७ चैत