Skip to content

सबै मिली प्रेम माला गासौं साथी


आऊ अब सबै मिली प्रेम माला गासौं साथी
रिस राग घृणा त्यागि प्रीत साँची हाँसौं साथी

आपसमा मिल्नु पर्छ तँ-तँ म-म किन गर्ने ?
देशकै लागि असल बनी अमर बनी बाँचौं साथी

दुनिया नै नै स्वार्थी भयो अब हामी प्रेम साँचौं
घमण्ड र स्वार्थीपना जरैदेखि नासौं साथी

भाइ फुटे गब्बार लुटे भन्छन कुरा मनमा गुनौं
बन्धुत्वको भावनालाई मन मन्दिरमा टासौं साथी

तीर्थ यात्री पौडेल
नोट- प्रेम दिबशको पुनित अबसरमा समस्त प्रेमिल मनहरूमा सप्रेम समर्पण

2 thoughts on “सबै मिली प्रेम माला गासौं साथी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *