उसबेला,
मायाप्रीतिका कुरा
टाँढैबाट आँखामा-आँखा जुधाएर गरिन्थे अरे
समर्पण र त्यागका थैलाहरू
दिन-दिनै चुलिएर भरिन्थे अरे
आजकाल,
मायाका नाममा थुप्रै नाटकहरू गर्नुपर्छ
“आई लभ यु” र
“आई मिस यु” का फुलबुट्टा भर्नुपर्छ
प्रिय,
म त फगत रित्तो छु,
केबल एउटा गुलाबको फूल उपहार दिंदैछु
प्रणय दिवसको अबसरमा
तिमीलाई आत्मीय अँगालोभित्र लिंदैछु।
हरिहर दाहाल
सन्निभेल,क्यालिफोर्निया
(प्रणय दिवसको अवसरमा श्रीमतीप्रति समर्पित कविता)