सयपत्री मखमली फूल फुल्यो होला
तिहारमा ती दिदीको कति मन रोला
आउँदैन माइती मेरो तिहारको बेला
भन्दै दिदी रुँदै होलिन दुखाएर सोला
सयपत्री मखमली फूल फुल्यो होला।
देउरनीका भाइ आए जेठानीका दाइ
कसलाई अब टिका लाउने भनि देऊ मलाई
भनी दिदी रुन्छिन होला बसी दैला ठेला
सयपत्री मखमली फूल फुल्यो होला।
परदेश माइती मेरो साहुको पिरले गयो
कमाइ छैन भन्छ उता साहु दोब्बर भयो
रुदै भन्छिन फर्की आइज जे जे होला होला
सयपत्री मखमली फूल फुल्यो होला।
सप्तरंगी टिका माला सजाएर राख्छु
केही नहोस माइतीलाई देउराली भाक्छु
भन्छिन अरे अब मलाई फूल कस्ले देला
सयपत्री मखमली फूल फुल्यो होला
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन
२०६७।७।१४