Skip to content

दु:खै दु:खको आँधीले चुटे पनि


दु:खै दु:खको आँधीले चुटे पनि
खुशी थिएँ म तिमीले लुटे पनि !

पिरतीमा यस्तै चलन हुँदो रहेछ
हाँसी दिन्थें म तिमीले कुटे पनि !

पिरती यो मुटु भित्र फुली रहेछ
तिमी सित जुनी जुनी छुटे पनि !

पिरतीमै रंगिएर बाँची रहेछु
सप्त रंगी स्वप्न सबै टुटे पनि !

पिरतीले सधैं खुशी दिँदो रहेछ
गह भित्र आँसुको मूल फुटे पनि !

शरण आँसु
पोखरा

3 thoughts on “दु:खै दु:खको आँधीले चुटे पनि”

  1. मिठा शब्दहरू राख्नुभो। लेखन
    मिठा शब्दहरू राख्नुभो। लेखन सहज देखिन्छ। तर, एउटै शब्द धेरै ठाउँमा आएकोले मिठासमा अलि आँच आउँदो रहेछ। हुन त, तपाईंले यसलाई एउटा आकर्षणको रुपमा देखाउनुभा’ होला। अनि कहिलेकाही रशायन शास्त्रीय गीत, गजल, कविता पनि पढ्न पाऊँ न सर!

  2. विशिष्ट गजल मनका धनी प्रेम

    विशिष्ट गजल मनका धनी प्रेम जी र हाम्रो मन मझेरीका सम्पादक एवं साहित्य आकासका उज्ज्वल नक्षत्र प्रिय भाइ कुमारजी का प्रतिक्रियाको लागि आभारी छु .
    सायद, सोडियम लाइटको उज्यालोमा सबै पदार्थहरु पहेंलिए र रसायन शास्त्रमा रस आएन तर पनि शब्द हरुको केमिष्ट्री मिलेर नै साहित्य बन्ने भएकोले र केमिष्ट्रीको मान्छे भएर होला, मेरो रचनामा पनि केमिष्ट्री मिसिन्छ
    मझेरीमा प्रेषित गर्ने नै छु , धन्यवाद

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *