Skip to content

जुनेली रात


पहिलो भेटको जुनेली त्त्यो रात कसरी भुलुँ म
प्रीत साट्दै चुमेका ती हात कसरी भुलुँ म

ख्याल ख्यालमै पुगेछु म तिम्रो समीपमा
त्यो यात्राको सुनौलो तिम्रो साथ कसरी भुलुँ म

थाहै भएन कसरी सुम्पिएँ यो लाली जोवन तिमीलाई
मोहनी ती लट्ठ पार्ने बात् कसरी भुलुँ म

होस् मेरो हराउदै गयो जब छोयौ तिमीले अङ्ग अङ्ग
छताछुल्ल त्यो बैसको उन्माद कसरी भुलुँ म

त्यस्तै हुँदो हो शायद पहिलो रात सबैलाई
निथ्रुक्क त्यो लाजको वर्षात कसरी भुलुँ म

कृष्ण ‘अमरदीप’

2 thoughts on “जुनेली रात”

  1. ख्याल ख्यालमा माया गासी परेछौ
    ख्याल ख्यालमा माया गासी परेछौ साचै रनाभुलमा
    मोज गर्यौ, स्वाद पायौ भुल्न गारो हुनेभो यो जुनीमा

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *