मनको जेलको प्रेमकैदी म
टाढा जान मन लाग्यो फरार भएर
उसको यादबाट बच्न सकिन
जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर
पल्टाउँछु एक एक पाना यसकै नाम लेखेको छ
हृदयको ऐनाभरि यसकै तस्वीर छिपेको छ
मेटाउँ कसरी प्रतिविम्व यो
स्थायी रुपले बसेको छ गाढा बनेर
उसको यादबाट बच्न सकिन
जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर
हृदयको प्रत्येक धड्कन यसकै नाम बोलाउँछ
एक पल उसलाई नदेखेमा लोभी आँखा टोलाउँछ
बुझाऊँ कसरी पापी मन यो
पर्खिबस्छु भन्छ एक एक दिन गनेर
उसको यादबाट बच्न सकिन
जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर
पुष्पा खनाल
इलाम हाल काठमाण्डौं
puspa g
sarai man paryo tapai
puspa g
sarai man paryo tapai ko poem
never stop your pen….
आखिर ज्यान उस्कै रहेछ करार
आखिर ज्यान उस्कै रहेछ करार होस् वा बकसनै दिएपनि
गित कविता लेख्दै गर्नु पुस्पा जी उसै सित गएपनि
बिमल गौतम
हाल साउदी अरेबिया
पुष्पा जि निरन्तरता दिनु होला
पुष्पा जि निरन्तरता दिनु होला है…………!!
राज सापकोटा