चोट जति मेरै भाग देखेनछ अन्त कतै
आँशु पिई बाँच्ने भाग्य लेखेनछ अन्त कतै

यति विशाल ब्रम्हाण्डमा अनगिन्ती फाँटहरु
भत्काईदियो महल मनको टेकेनछ अन्त कतै

थपिरहयो- थपिरहयो भार सधैं दु:ख पिरको
मेरो जस्तो सहनशक्ती भेटेनछ अन्त कतै

पीडित धुन सुन्न सबलाई सारङ्गी नै बनाउँछ रे
सुनिरहयो म बाट नै रेटेनछ अन्त कतै

रमा थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

5 thoughts on “गजल”

  1. थपिरहयो- थपिरहयो भार सधैं
    थपिरहयो- थपिरहयो भार सधैं दु:ख पिरको
    मेरो जस्तो सहनशक्ती भेटेनछ अन्त कतै

    गजल राम्रो लाग्यो

  2. तिर्थ(यात्री)पौडेल
    हाँस सानु

    तिर्थ(यात्री)पौडेल
    हाँस सानु अझै तिमि मेरो खुशी थपी दिन्छु
    दु;ख नहोस त्यो ज्यानलाई चोट म नै खपी दिन्छु,

    तिमि हाँसे पूणिमाको जुन सम्झिएर
    पर्खाइमा तिम्रो बाटो शीत थापी दिन्छु,

    मिठो मिलन सम्झिएर बाँचेको छु म पनि त
    न्यानो प्रित बसालेर त्यसैलाई तापी दिन्छु,

    आफ्नै सम्झी तिमीलाई यो मनको मन्दिरमा
    देबी ठानी पुजा गर्न तिम्रो फोटो राखी दिन्छु
    लखनपुर ३,झापा,नेपाल ,
    हाल;बहराइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *