Skip to content

सदा झै आज पनि आफ्नो तुनाबुना बोकेर एउटा माझी बिहानै माछा मार्न पोखरीतिर लाग्यो।घन्टौको प्रयासपछि आफ्नो जालमा एउटा ठुलो माछा पक्रीन पाउदा ऊ धेरै नै खुसी र उत्साहित देखिन्थ्यो।
उसले मनमनै सोच्यो-आज त शुभ साइतमा निस्केछु माछालाई बेचेर पनि बाकि रहेको खान मनग्गे पुग्ने भो।
जब माझीले माछालाई जालबाट निकाल्न खोज्यो त्यो माछाले बिनम्र हुदै अनुरोध गर्यो-“आज मलाई जान देऊ,म मर्नु अघि आफ्नो परिवारलाई भेट्न चाहन्छु।आजको दिन म मेरो परिवार सग बिताउन चाहन्छु।म भोली ठिक यही समयमा तिमीलाई भेट्छु।”
माछाको बिनम्रताले उसको मन पग्लियो र उसले माछालाई पोखरीमै छोडिदियो।
नभन्दै भोलिपल्ट ईमान्दारीसाथ त्यो माछा माझीको जालमा आफै आयो।त्यो माछाको ईमान्दारीताले माझीको मन नै फेरियो र उसले माछालाई एक हप्ता सम्मको लागी
परिवार सग बस्ने अनुमति दियो तर माछाले उसको प्रस्ताबलाई सिधै अस्वीकार गर्यो।
माझीले आशचर्य प्रकट गर्दै सोध्यो-“तिमी किन बाच्न चाहदैनौ?एक मिनेट को पनि कति महत्व हुन्छ,तिमीले त एक् हप्ता बाच्न पाउनेछौ!”
माछाले गम्भिर हुदै जबाफ दियो-“मेरो एक हप्ताको जिन्दगी मेरो परिवारको खुसीको अगाडि केही पनि हैन।जब उनीहरुलाई मेरो बास्तबिक्ता थाहा हुन्छ उनीहरु जिउदै मरे तुल्य हुन्छन।म केही दिन बाच्नको लागी पुरै परिवार लाई मर्माहित पार्न चाहन्न।मेरो परिवारको दुखको कारण बनेर जिउनु भन्दा मृत्युलाई स्वीकार्न चाहन्छु।तिमीले दिएको छणिक जिबन भन्दा मलाई मृत्यु नै प्यारो हुनेछ।मलाई मृत्यु दिएर तिम्रो अभारी बनाऊ।”
परिवार प्रतिको माछाको प्रेम देखेर माझीको मनमा एक्कासि भक्कानो फुटेर आयो।उसले त्यो माछालाई मात्र हैन आज बाट कुनै पनि माछाहरुलाई नमार्ने अठोट लियो।त्यसपछि बाकि दिनहरू आफ्नो परिवारसित माझीले प्रेमपुर्बक जिन्दगी बितायो।

ईन्द्र कुमार सुनुवार्, दुबैइ, यु ए ई

2 thoughts on “परिवर्तन”

Leave a Reply to babu kaji bhandari Cancel reply

Your email address will not be published. Required fields are marked *