सम्झे मात्र पुग्छ मलाई एक साथीको नाताभित्र
सजाई राख्न पर्ने छैन चोखो दिलको खाताभित्र

साईनो गाँस्न खोज्नेलाई मित्रतानै काफी हुन्छ
अजम्बरी हुन्न भन्छन् प्रेम मय छाताभित्र

बिलासिता होइन जीवन स्वतन्त्रता रोज्छु म त
नबाँधेनी हुन्छ मलाई आफ्नो निजी हाताभित्र

गर्न हुन्न मेहनत धेरै सम्झनालाई सँगाल्न नि
जतन हुन्छ भन्ने छैन हिरा जडित गाताभित्र

निर्मला थापा,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “गजल”

  1. साईनो गाँस्न खोज्नेलाई
    साईनो गाँस्न खोज्नेलाई मित्रतानै काफी हुन्छ
    अजम्बरी हुन्न भन्छन् प्रेम मय छाताभित्र

    तपाईंका हरेक गजलहरु गजलको नियममा बांधिएर लेखिएका हुन्छन त्यसैले पढु पढु लाग्छ तर, नेपाली शब्दकोश नहेर्ने मेरो बानिले गर्दा होला गाताको सही अर्थ बुझ्न सकिन ! अरु सबै शेरहरु बुझेरै मन पर्‍यो… यो हातेमालो चलिरहोस्

  2. तपाईं को सृजना मा गजल का
    तपाईं को सृजना मा गजल का शेरहरु धेरै राम्रो लाग्छ । सधै लेखी रहनु होला ।

    चन्द्रयात्री

  3. ekadesko gaganraj

    बिलासिता होइन जीवन
    बिलासिता होइन जीवन स्वतन्त्रता रोज्छु म त
    नबाँधेनी हुन्छ मलाई आफ्नो निजी हाताभित्र

    nirmala g gajal ramro lagyo.pragatiko lagi shuvakamana…………..
    gajalshibir bata……………

  4. ekadesko gaganraj

    anubhav g “GATA” vaneko
    anubhav g “GATA” vaneko “aabaran” ,”cover”…..”kitab ko bahira ko moto kagaj”…………… ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *