बाउ अमेरिका भन्थे आमा ती चीनकी अरे
कोरोना नाउँकी छोरी जन्मिछे चीनमा भरे
कोभिड बाउको नाउँ आमाको नाङचिङ् थियो
बिगारे नाउँ गाेराले बोल्दा नाइनटिन् भयो
सानी छोरी थिइ राम्री चौपट्टै चञ्चले हुँदी
उन्नाइस् बर्षमा पुग्दा बौँसले मात्तिई अति
बाउले भन्दथे कोभिड् नाइनटिन् भन्दथे कतै
मान्छेको मुखमा सस्तो कोरोना भै बसी सधैँ
आमा दुष्ट भइन् भन्दै छोरी बाउ तिरै मिली
बाउले हेपेर बाेल्दा अग्नी झैं रिसले बली
कोरोना भाइरस् ज्यादै खतरा त्यो जवान थी
हिडी भ्रमणमा विश्व सिध्याउछु सबै भनी
कोरोना यसरी आफैँ मान्छे मास्न भनी हिडी
आफ्नो को हो ? विरानो को ? चिन्दिन यसले कहीँ
यसले विश्व हल्लाई खैलाबैला सबैतिर
महामारी भयो ज्यादै विश्वयुद्ध समान छ
युद्ध भनौ कुनै यौटा हतियार नदेखिने
मान्छे भुर्कुट मर्दैछन् सुन्दैमा मन आत्तिने
आई नेपालमा पस्छे कुनाकाप्चा सबैतिर
घरभित्रै बसौँ हामी बाँच्ने इच्छा भए अब
धनी भन्दिन रे कोही गरिब पनि भन्दिन
ठूलो सानो कुनै छैन दुब्लो मोटो नि चिन्दिन
भेट्यो कि आक्रमण् गर्दै झम्टिहाल्छे सबैतिर
कोरोना दुष्ट आत्मा झैँ लुकीहिड्छे यतैतिर
कोरोना सुन्यमा बस्छे सुन्य सारा अदृश्य छ
अदृश्य सुन्यमा लुक्दै कोरोना मृत्यु ढुक्दछ
कोरोना भाइरस् आई अदृश्य बस्दछे यतै
हाहाकार भयो सारा महाँमारी जताततै
(अनुष्टुप छन्द)