निदाइरहेका नानीहरु


मैले बजारबाट एउटा महङ्गो खेलौना ल्याएर
मेरो नानीलाई दिए,
निरन्तर खेल्दा खेल्दै उसले त्यसलाई फोहोरमा फ्याक्यो
र,
तुप्त नदी जस्तै गरेर
स्वयम शान्त सागर झै ऊ निदायो
अनि एकैछिनमा उठेर
भन्यो कि!
“मलाई यस्तै अर्को चाचा ल्याइदिनुहोस पापा”

भोलिपल्ट,
फेरि मैले उसलाई अर्को खेलौना ल्याएर दिए
अनि ऊ निदाउनु अगावै त्यसलाई लुकाइदिए
ऊ !थकित मस्त निदाइरहेथ्यो
बच्चा! आनन्दित ! निदाइरहेथ्यो
शिशु !अचेत सुतिरह्यो
बालक! ब्यस्त सुतिरह्यो
अफसोच,
अनि एकैछिनमा उठेर बारम्बार रोयो
र लगातार हार गुहार माग्दै
अनि उसले हजार पटक भन्यो र भनिरह्यो कि निरन्तर
“पापा मलाई अघिको चाचा दिनुहोस”

ए ईश्वर!
अहिले म सोचिरहेछु
ए मनुस्य!
म अहिले सोधिरहेछु कि
कतै जिन्दगीमा मैले पनि
अर्को यस्तै जिन्दगी त खोजिरहे छैन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *