कुनै चीज नयाँ केही म पाउँ तिमीलाई
फूलमा या जुनमा बसाउँ तिमीलाई
भुले ‘नि तिमीलाई सम्झिन सकियोस्
हर भेटको यादमा सजाउँ तिमीलाई
मुटुमा तिमी छ्यौ यो मनमा तिमी नै
हरेक पल आँखामा अटाउँ तिमीलाई
अरुले बोलाउँछ्न सजिलै तिम्रो नाम
प्रेयसी भनेर म बोलाउँ तिमीलाई
राजकुमार पुडासैनी