हराएको मन मेरो गीतैगीतमा खोज्दै छु
यो गलामा बसेको धून संगीतमा खोज्दै छु
विरक्त भाको प्रीति मेरो गजलभित्र खोज्दै छु
सुखदुःखको अतित पुरानो कवितामा खोज्दै छु
हाँसोखुसीका अनुभवहरू रचनाभित्र खोज्दै छु
टुटेको साहस मरेको मन गायनमा खोज्दै छु
जितहारको सङ्गम मुरलीको धुनमा खोज्दै छु
घटेको धर्म हारेको कर्म मन्दिरतिर खोज्दै छु
पापले फोहोर भाको मन बाग्मतीमा खोज्दै छु ।