दशैँ आयो फेरि कति खसी राँगा मर्छन कठै !
मानव रुपी दानवले आफ्नो पेट भर्छन कठै !
मासुको बिलो लाउँदा हानालुछी गर्दै राक्षस
रक्सीको सितन बनाई मोजमस्ती गर्छन कठै !
कालीलाई खुशी पार्न बलिदिनु पर्छ भनी
मैले ढाल्छु भन्दै पापी अघि अघि सर्छन कठै !
खरबारीमा संधैसँगै चर्ने साथी हराउँदा
दायाँबायाँ खोज्दै बरै रुँदैरुँदै चर्छन कठै !
चाडवाडको निहुँमा ती प्राणीको हत्या गर्दा
सृष्टि रच्ने प्राण दाता तीन छक्क पर्छन कठै !
कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल