जसको लागि मलाई छोड्यौ उसले पनि तिम्लाई छोड्यो भने
तिमी उसको बनेपछि उसले अन्तै नाता जोड्यो भने
त्यो बेलामा थाहा हुन्छ साचो माया के हो भनी
तिमीलाई पनि हिंड्न पर्ला मैजस्तै पागल बनी
हिजो जति माया गर्थें म तिमीलाई आज पनि त्यति नै गर्छु
मेरो मायालाई पूज तिमी तिमीबिना म त तड्पिएरै मर्छु
के नै कमी भयो र मेरो मायामा मनले माया गर्न जानेकै थिएँ
किन रोज्यौ पराईलाई तिम्ले जे जे भन्थ्यौ मानेकै थिएँ
तिमी नै तिमी बसेकी छ्यौ यो मुटुमा अरुलाई मैले अटाउन सकिन
फर्की आइदेऊ यो जीवनमा तिमीबिना समय कटाउन सकिन
शब्द, संगीत – प्रेम सागर पौडेल
स्वर – प्रमोद खरेल