थाहै हुन्न कति बेला कता चोट लाग्छ
दुख्छ चोटमा निको हुन समय लाग्छ ।
मन पनि त्यहीँ अन्त कतै जाँदै जाँदैन
पीडामा बाँच्न गाह्रो पीडा भाग्दै भाग्दैन,
चोटको खत सँधै याद बनी बसी दिन्छ
दुख्छ चोटमा निको हुन समय लाग्छ ।
आँसु बरु साथी बनी दिन्छ जिन्दगीमा
हाँसोले साथ छोडी जान्छ जिन्दगीमा,
आफ्नो भन्न्नु साथी खोट जस्तो लाग्छ
दुख्छ चोटमा निको हुन समय लाग्छ ।