प्रेमी भएर तिम्रो लागि, म हरामी भएछु,
सोचेर नानाथरी कुराहरु, म बिरामी भएछु ।
शायद चाहेजस्तो माया गर्न जानेनछु मैले ,
अनि आफैंले मन जलाएर म खरानी भएछु ।।१।।
हाम्रो माया दुनियाँलाई एउटा नयाँ कथा हुन्छ,
हरेक प्रेमील जोडीहरुमा चर्चा जतातता हुन्छ,
दुनियाँमा सस्तो माया सबैले नै गरेकै छन्
साँचो माया गर्नहरुको अब छुट्टै प्रथा हुन्छ ।।२।।
आउ प्यारा नजिकै बस हुन्छ भनेदेखि
मेरा भावनाले तिम्रो मन छुन्छ भने देखि
मैले हाँस्दा तिम्रो मन पनि हाँस्छ हाँस्दैन
मेरो चोटमा तिम्रो मन रुन्छ भने देखि ।।३।।
विश्वासमा तिखो धार लगाएर गयौ,
अनि अाखाभरि आँसु बगाएर गयौ ।
दोष दियौ मलाई बिना आधारको,
चोखो माया तोडी शुल जगाएर गयौ ।।४।।
न तिम्रो यो रात न मेरो भएको छ,
अचेल दिन पनि अँधेरो भएको छ,
थियौं हामी प्यासी उस्तै रह्यो प्यास,
याद सुख्खायामको पँधेरी भएको छ ।।५।।