ठाउँ नहुदा मन बिसाउने, एक्लो पनले छायो
हावासँग पात बन, उडौ उडौ लायो
कालो बादल निलो आकास, अनि धर्ती बीचको चाप
ऋतुसँगै सेलाउदो रहेछ, छाती भित्रको राप
हाँसोलाई नि उछन्दो रहेछ, लुकी बस्ने आँशु
मुहार मलिन जिउ सिथिल, पत्तै छैन काँछु
बाँड्न छोडे रोदनहरू, कल्पनाका खुसी
स्वार्थी मायॉं संसार रित्तो, रहेछ भनी बुझी
एकान्तमा हराई राख्न, लाग्छ अजेल बेस
आँशुसँग पीडा पिउछु, भक्कानिदै जेछ
सायद मैले भोग्दै छु कि, जन्म दिनको फल
दुख पीडा फुलाउदै, थप्दै मल जल
तुलसिंह नेपाली
ठाउँ नहुदा मन बिसाउने, एक्लो
ठाउँ नहुदा मन बिसाउने, एक्लो पनले छायो
हावासँग पात बनी, उडौ उडौ लायो……
तुल सिंह नेपाली