यात्रा आरम्भदेखि नै भत्कोस लागेको थियो । धरान बसपार्कमा अहिले जस्तो सिसी क्यामेरा थिएन र प्रहरीहरू अहिले जस्तो सकृय थिएनन् । पहाडबाट आएको गाडी देख्ना साथ ट्यापे, जगल्टेहरूले यात्रुलाई बोकेरै लगेर काठमान्डौ जाने गाडीमा कोचौँला जस्तो गर्थे । तानातानबिचमा मरेर साई यातायातको टिकट काटियो . निकै बार्गेनीङ गरेर ४ नम्बर सिटको टिकट पाईयो । गाडी चढ्न जाँदा पो थाहा भयो क, ख, ग, घ अनि अ, आ, ई, ई पछि मात्र १-२-३ नम्बर सिट प्लानिङ रहेछ । अथवा भनौ म गाडीको पछाडिको सिटमा परेँ । काठमान्डौ नगई नभएको थियो ‘मरोस’ भन्दै सिटमा गएर बसेँ ।

ईटहरी पुग्दा सिट सबै भरिइसकेका थिए । फेरि ईटहरी बसपार्क तीन जना मानिस चढे । जसमध्ये एक मेरै सिट नम्बरको टिकट लिएर आए । मेरो पनि सिट सेम भएकोले मैले छोड्ने कुरै भएन । उनले कन्डक्टरलाई लिएर आए कन्डक्टरले मलाई टिकट मागे । मेरो टिकटमा ४ नम्बरको अगाडि ‘M’ लेखिएको रहेछ । उनले Mको मत्लब ‘मुढा’ हो भन्दै मलाई मुढामा बस्न लगाए । मैले बोलेको उन्ले सुनेनन् जहाँ टिकट काटेको हो वहि गएर बोल्नु भन्दै उनी बाटो लागे । मलाई जसरी पनि काठमान्डौ पुग्नु थियो म बाध्य भएर मुढामा बसेँ । म सरेआम ठगिएँ मैले केही गर्न सकिन चिसो रात र लामो यात्रा अनि मुढाको बसाईले खानु सास्ति खाएर म काठमान्डौ बसपार्कमा ओर्लिएँ ।

ओर्लि नसक्दै विवेकको फोन आयो ‘आमा बिरामी भएर न्युरोमा भर्ना गरेको छु । यहाँ बस्ने कोही छैन यार एकछिन आइज न ।’

म उतै दौडिएँ । न्युरो हस्पिटलको बेड नम्बर ४७ खोज्दै खोज्दै बल्ल बल्ल पुगेँ । पुग्नासाथ ऊ “म रुम पुगेर आउछु एकछिन बसिदे न” भन्दै बाटो लाग्यो ।

विवेकको ममीले सारै मायाँ गर्नु हुन्थ्यो मलाई पनि । म वाहाँसँग कुरा गर्दा गर्दै निदाउन खोज्दैथेँ अस्पताल मै । रातभरिको अनिदोले आँखा झिम झिम भएका थिए ।

कसो कसो गर्दा मेरो आँखा अर्को बेडमा अप्रेसन ड्रेस नै नखोलेकी महिला माथि पर्यो । मैले सपना कि बिपना भनेर आँखा मिचेर हेरेँ । यो बिपना नै थियो र उनी प्रतिमा नै थिइन् । म तिनछक्क परेँ । कसरी उनी यहाँ आइपुगिन् ?

बिराटनगरको महेन्द्र मोरँगमा उनी बिबिएस कि विद्यार्थी थिइन् । उनको क्लास अगाडि साईकलहरू लाइनै पार्किङ हुन्थे, र फटाहाहरूले कुनै एउटा साईकललाई लात्ताले हानिदियो भने त्यो लाइनका सयौ साईकल लड्थेँ । र आफ्नो साईकल निकाल्न घण्टौ लाग्थ्यो । एक दिन उनी सुक सुक गर्द रोइरहेकी देखेँ मैले । उनको साईकल बिचमा रहेछ र अन्य सयौ साईकलले थिचेका रहेछन । मैले उनलाई अरु साईकलहरू हटाउन मद्दत गरेँ । करिब आधा घन्टामा उनको साईकल निकालियो, उनले हृदय देखी नै धन्यवाद दिइन । प्रतिमा ईलामको प्लस टुबाट आईकम सकेर बि बि यसको लागि त्यहा आएकिरहिछन । हामी गफ गर्दै गर्दै साईकिल डोर्याउदै हाईवेबाट बरगाछीतिर लाग्यौ मेरो सानो सहयोगलाई उनले निकै महत्वपूर्ण रुपमा लिईछन । उनी बरगाछी नै बस्दिरहिछन । म पिपल चोक बस्थेँ । पुस मागमा बिहान कलेज जाँदा अधेरो नै हुन्थ्यो । हामी कहिले काहीँसँगै हुन्थ्यौ । केही समय पछि उनी मलाई कुरेर नै बस्न थालिन तर अँध्यारोको कारणले मालई चिनिनन् र मैले देखिन भने उनी छोडिन्थिन म सरा सरी जान्थेँ ।

त्यति बेला “मेरो मोबाईल” भन्ने एनसेलको सिम कार्ड खुब चलेको थियो । हामीले नम्बर श्यर गरेका थियौ । बिस्तारै हरेक दिन बिहान कलेज हिड्ने बेला उनको फोन बज्न थाल्यो । उनी अलि बढी नै नजिकिएको भान हुन्थ्यो मलाई । तर मलाई त्यति बेला महिला माथि नै घृणा लाग्न थालिसकेको थियो । म सायद हरेक केटीहरू धोकेवाज र देखावटी हुन्छन भन्ने बुझ्ने भएको थिएँ । किनकि “इन्दिरा ”लाई सँझिदा मात्र पनि मेरो नारी प्रतीको सोच निकै निकृष्ट हुन्थ्यो । सायद ‘इन्दिरा’कै कारणले म धनकुटा छोडेर बिराटनगर झरेको थिएँ । मैले उनको म प्रतिको लगाब भने धेरै हदसम्म बुझिसकेको थिएँ । मलाई दिउसो पनि फोन गरेर वाईयत गफ गर्न थालेकी थिइन् । म सबै कुरा बुझेर पनि उनलाई ईग्नोर गर्न सकिरहेको थिइन, किनकि म उनलाई टुटाउन चाहान्नथेँ ।

दिनहरू बित्दै गए । पहिलो बर्सको परिक्षा सकियो । त्यतिबेला चर्किएको मधेसी आन्दोलन र पहाडियाहरू प्रति मधेसीले गर्ने व्यवहारले म आजित भएको थिएँ । पहाडिया देख्ना साथ साईकिलको हावा खोलिदिन्थे मधेसी कार्यकर्ताले । अनि पहाडको चिसो ठाउँमा हुर्किएको मलाई त्यहाँको गर्मी र घोर्ले मच्छरको अत्याचार सहिनसक्नुभएको थियो । अन्तत: मैले दोस्रो वर्षको लागि बिराटनगरबाट पुन: धनकुटा कै कलेज ट्रान्सफर गर्ने निधो गरेँ । रबी सर ( रुम पार्टनर) भारी मन लिएर मलाई बिदा गर्न पिपलचोक बस स्टप आउनु भयो । त्यतिनै बेला प्रतिमाको फोन आयो

” कतिबेला जान्छौ ”

‘म बस स्टपमा छु ‘

”ए म आउदैछु पर्ख ल ?”

मैले ल चाडै आऊ भनेर फोन राखेँ । उनी बिचलित छन भनेर उनको कम्पित स्वरले प्रतित हुन्थ्यो । उनी हस्याङ फस्याङ साईकलमा आइन । मेरो झोला बेडीङ बिस्तारा र किताबहरू देखेर उनी छक्क परिन । किनकि मैले उनलाई भनेकै थिइन् म सधैँको लागि जाँदैछु भनेर । उनी अरु निराश भइन उनको सुक सुक आवाज मेरो कानसम्म ठोकिइरहेको थियो । रबि केही बिर्से जस्तै गरेर बस्दै गर्नुस है म आईहालेँ भन्दै कोठातिर लागे । मैले सोधेँ प्रतिमा के भयो ?

‘ कम से कम भन्न त सक्थ्यौ नि म सधैँको लागि जाँदैछु भनेर ‘?

उनी त डाको नै छोडेर रुन लागिन मानौ म उनको श्रिमान हुँ र युद्ध मैदानमा जाँदैछु ।

‘अनि के भयो त ? म सधैँ यही बस्न पनि त सक्दिन ? म जान्छु त भनेकै थिएँ नि ? हैन र ? म बस्नुले र जानुले तिमीलाई के फरक पर्छ हँ?’ म अलि कठोर भएर बोलेँ ?

उनी फलैचाको काठमा अडेसा लागेर झन सारो रुन लागिन । मैले धेरै सँझाएँ म यहा बस्न नसक्नुका कारणहरू सुनाएँ तर उनी मात्र रोइरहिन वसन्तपुर जाने गाडीले छोडेको पत्तै भएन मलाई । म अरु नै कुनै पहाड जाने गाडी भए पनि समातेर जानु नै पर्थ्यो । रबी पुन आई पुग्नुभयो । तलबाट गाडी पनि आयो

पाख्रीबास पाख्रिबास पाख्रिबास …

धनकुटासम्म भए पनि जान्छु भनेर म त्यै गाडीमा चढेँ । रबी सरलाई बाई भने सबै सामान छतमा हालियो ।

उनलाई पनि “प्रतिमा बाई समय मिले फेरि भेटौला” भने ।
उनले मतिर पनि हेरिनन र केही बोलिनन् पनि । म गाडी चढेँ ।

बिचमा कहिलेकाहीं फोन भयो उनी भबुक भएर बोल्थिन । हामी बिच सन्चो बिसन्चोको औपचारिक कुराभन्दा केही हुदैनथ्यो । यो बिचमा कुरा नभएको ५ साल नाघेको थियो ।

अचानक उनलाई न्युरोको बेडमा देख्दा म तीन छक्क परेको थिएँ ।

मैले बोलाउने हिम्मत गरिन । उनले नै बोलाइन रमे…श ।

म उनको नजिकै गएँ

‘के भयो प्रतिमा तिमी कसरी यहाँ ?’

उनका आँखा टिल पिल भरिए । हिजोको स्कुटर दुर्घटनामा उनले दाँयाँ हात गुमाएकिरहिछन । आफन्त सबै ईलाम मै रहेछन र उनको केयर गर्ने समेत कोहीरहेनछ । उनी मास्टर्स सकेर मिन भबनको कलेजमा पढाउदिरहिछन । हरेक पटक उनी रुन्थिन तर यो पटक मलाई रुन आयो । उनको कुरा सुन्दा सुन्दै कतिबेला मेरा आँशुले परेली नाघे थाहै पाइन । यो दैव कति निर्दयी छ कति क्रुर छ । विवेक दौडिदै आई पुग्यो “ल जा कहाँ जानु छ थ्याङ्स फर हेल्प है ।”

मलाई कहीं जानु थिएन कुनै बेला मेरो लागि आँशु बगाउने प्रतिमालाई त्यो हालतमा छोडेर जान मैले सकिन । मैले सबै काम बिर्सिएँ । बेलुकी हस्पिटलले डिस्चार्ज दियो । मैले उनलाई उनकै कोठामा पुर्याएँ । सबै सामान रहेछ कोठामा मैले खाना बनाएँ खाना खायौँ । उनको दाजु आजै बेलुकिको नाईट चढ्नु भएछ ईलामबाट । हिजोको अनिदोले गर्दा उनको गफ सुन्दा सुन्दै म सोफा मै निदाएछु । बिहान उठेर उनलाई सिरानी राखेर भित्तामा ढल्काएँ टिस्यु पेपर पानीमा चोबेर बगेका आँसुका दागहरू पुछिदिएँ र चिया बनाएर पिलाउदै गर्दा उनको दाजु टुप्लुक्क आई पुग्नुभयो फेरि रुवाबासी सुरु भयो । ११ बजेतिर म त्यहाँबाट जाने भएँ । फेरि माहोल भावुक बन्यो । योपाली तीनै जना रोयौँ । म ढोकासम्म पुग्दा उनी डाँको नै छोड्दै रुन लागिन् । मैले पनि मन थाम्नै सकिन आएर हतार हतार माईक्रो चढेँ नयाँ बानेश्वरको …. ।

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभूमिको छातीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *