Skip to content

विपत्तिमा छटपटाएको गाँऊबस्ती

  • by


एक हप्ता अगाडि मातातिर्थ औंसीमा म घर जाँदा सिमसिमे परेको पानीसँगै हरीयालीले छाएको मेरो गाउँ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिवार लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले मेरो गाउँको सौर्न्दर्यता लुटिदिएको छ । खुशीलाई आँशुमा बदल्दिएको छ । सबैको मनमा पीडा दिएर आँशु झेलमा रुमलिदिएको छ । मध्ये दिनमा गएको यो महाभूकम्प भयानक कालरात्रीमा बन्न पुग्यो । विपतको यो घडीमा स्वदेशी, विदेशी र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै अन्य संघ संस्थाहरूले र्घाईतेको उद्धार गर्न तल्लिन भएर खटिएको छ । कसैले पनि नसोचेको विपत्तिले छट्पटाएका छन अधिकांश गाउँबस्तीहरू ।

हरेक गाउँहरूमा अघिपछिको जस्तो कुनै उत्साह छैन यहाँ । सबैको अनुहार नैराश्यता र त्रासले गर्दा मलिन देखिन्छ । पल भरै हजारौ नागरिकहरू घरवार विहीन भएका छन, कति टुहुरा भएका छन । गाउँबस्ती कुनै घरहरू हेर्न लायक छैनन् । घर भित्र कोही बस्न सकेका थिएनन् र छैनन पनि । खुल्ला आकाश नै सबैको घर बन्न पुग्यो बारीका पाटाहरू, समथर चौरहरू उनीहरूको श्वास फेर्ने थलो बन्यो । यही विपत्तीसँगै सिङ्गो देश नै छट्पाटाइरहेको छ ।

भखरै मात्र देशले कोल्टे फेर्दै थियो । नागरिकहरू स्वतन्त्रता र शान्तिको श्वास फेर्दै थिए । सबैमा समृद्धि र विकासका आशाहरू पलाउँदै थियो । दश वर्षो जनयुद्धले विछिप्त भएको घाउहरू खाटा बसिसकेको थियो । द्वन्द्व पिडीतहरूको वेदनाहरू मत्थर हुदै थिए । देश संविधानको पर्खाइमा थियो । राष्ट्र समृद्धिको बाटोमा थियो । नयाँ वर्ष नयाँ उमङ्ग र नयाँ संविधानको प्रतिक्षा गर्दै मनाईएको ११ औं लोकतन्त्र दिवस भइरहँदा पेरीको अर्को विपत्ति आई लाग्यो । विनाशकारी महाभूकम्पको रुप लिएर आएको यो विपत्ती सबैमा प्रपीडामा पारीदियो । सङ्लिदै गएको नेपालीहरूको मनलाई धमिल्याई दिएको छ । अनि गाउँ बस्तीहरूलाई शोकमा डुबाई प्रकृतिले प्रकृतिकै सौर्न्दर्यता लुटिदियो ।

भूकम्पबाट शहर बजारको दाँजोमा गाऊबस्ती क्षतविक्षत भएको छ । केही दिन अघिसम्म सुन्दरबस्ती बसेको गाउँका घरगोठहरू अहिले मसानघाट बनेको छ । सिङ्गो गाउँ नै एउटा माटोको थुप्रोमा परणित हुँदा त्यो निर्दयी भूकम्पले हजारौंको ज्यान लियो, लाखौंलाई हताहत पारीदियो, कतिको सहारा खोसिदियो, पीडा माथि झन पीडा थपिदियो । भूकम्प गएसँगै परेको मुसलधारे पानीले जलेको मनलाई निभाउन सकेन झन दर्द थपिदियो । भौगोलिक विकटतासँगै मौसम परिवर्तनका कारणले गर्दा दुर्गम गाउँका बासिन्दाहरू चिसो पानीमा रुज्दै जीवन झिनो आशा लिएर बाँच्न विवश भए । भूकम्प गएको हप्ता दिन वित्दा सामान्य उपचार समेत पाउन सकेनन् राहत त धेरै टाढा विषय रहृयो । गाउँका पिठितहरूलाई एकातिर उनीहरूलाई घरबास उठेको चोट, अर्कोतिर परिवार गुमाउनुको वियोग छ त्यस माथि हप्ता दिनसम्मको भोक र प्यास भित्र कसैले ओत लाग्ने सानो पाल ल्याई दिलाकी भन्ने झिनो आश लुकेको छ । सबैतिरबाट ठगिएका छन गाउँका भूकम्प पिडितहरू, विदेशि संघसंस्थाले दिएका राहतहरू पनि शहर नजिकका गाउँहरूमा मात्र पुगेको देखिन्छ । पिडितका नाममा आएको राहतमा राजनीतिको ठूलो प्रभाव देखिन्छ । दुर्गम गाउँमा जान लागेको राहत सामग्रीहरू पनि बिच बाटोमा नै खासिने गरेको छ । त्यसैले त छट्पर्टाइरहेको गाउँबस्तीहरू ।

भूकम्पको धक्का कम हुँदै बजारहरू खुल्नुका साथै जनजीवन सामान्य बन्दै जाँदा गाउँमा भने झन झन पीडा थपिँदै छ । गाउँलेहरूलाई गास, बास, कवासले पिरोलेको छ । घर बास छैन, बाहिरबाट हेर्दा ठाडो देखिएका घरहरू पनि चिरा चिरा परेको छ । सामान्य मर्मत गरेर घरमा बस्नेहरू घरतिर फर्किदै गर्दा सहारा नै माटोमा बिलाएकाहरूमा झन झन तड्पिन थालेका छन । उनीहरूसँग न बास छ, न गास छ । केही दिन अघिसम्म छिमेकीहरूको पालमा जिउ आतेकाहरू पिडितहरूलाइसँगै बसेका साथीहरू घर पर्किदा उनीहरू झन बेसहारा बन्न पुगेका छन । अब के खाने, कहाँ बस्ने भन्ने कुराले पिरोल्न थालेको छ । यति बेला उनीहरूलाई गासभन्दा बास चाहिएको छ । भूकम्पको विपत्तिमा रुमलिएका गाउँबस्तीले भनिरहेको छ, सरकार हामीहरूलाई खानका लागि दाल र थाल हैन, शरीर ढाक्ने पाल देऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *