किन रोकियो गति मेरो कलमको
— शरद प्रधान
Between the conception
And the creation
Between the emotion
And the response
Fall the shadow
Life is very long.
-T.S. Eliot
किन रोकियो गति मेरो कलमको
याद छैन मलाई त ।
सायद तिमिलाई पनि थाहा छैन होला ?
असंख्य दिनहरु विताई सकेको यो जिन्दगी भित्र
किनहो अनायस मेरो यात्रामा अवरोध उत्रिए
मलाई त थाहा छैन मेरो अन्तरंगको मर्महरु
सायद “म” आफैलाई एक्लो छु जस्तो लाग्छ होला,
आउछ तर असंख्य भावनाहरु हाम फाल्दै “म” संग
प्रत्येक वेलुकी खेल्न लुकामारी
एक्लो पनको आभाासले त हैन मेरा हातहरु
केहि कोर्न मान्दैनन् मेरो हृदयभित्र भावना भएपनि ।
मस्तिष्कका ब्रोजिल वौद्धिकताले थिचिएको त हैन आफूलाई,
मलाई त “म” भित्रको कुरा के थाहा ।
इतिहासका थोत्रा सिद्धान्तहरुले त भावनालाई
वाधेर राखेको त होईन ?
मलाई त के थाहा मेरो
कलमको गति व्यबस्थाले रोकिएको हो या
आफैले जन्माएको बिवशताले,
तर मेरो प्रत्येक बिवशता वोल्छ
तेरो कलम त चैत्रको हुरीले उडाएको छैन र ।
“म” वुद्धिभित्र आक्रमण गर्दै भन्छु
मलाई के थाहा कसले रोक्यो मेरो कलम
मेरो “म” आफैलाई भन्छ
सायद सिसिपसले जस्तो
तैंले पनि श्राप पाएर पो होला
कहिले सफलता नपाएको ।
तेरो कलमको गतिमा कसले हस्तक्षेप गरेछ
भन्छ मेरा मित्रहरु नेपत्थवाट
तर म आफै भित्र प्रश्नहरुका सगरमाथा राख्दै भन्छु
मलाई के थाहा किन रोकियो कलम मेरो ।