असामयिक जीवन –
सार्है सुन्दर लाग्दैछ
जन्म प्रतिको विरोध छैन मनमा
निरर्थक पनि सार्थक लाग्न थाल्यो
अमुर्त पीडाहरू –
मुर्त-रोचक लाग्न थाल्यो
मनका –
अनाधिकृत उट्पट्याङ सम्वादहरू,
अधिकारिक लाग्न थाल्यो
सायद,
त्यहा तिमी सम्बोधित छौ !
जिन्दगीको –
प्रतिपल अघोषित घटनाहरू…
कहाँ, हाम्रो आत्मा झै सफा
हृदय झै सुन्दर,
जिन्दगी झै आकर्षक हुन्छ र !
योजित सीमानाका नियोजित
चुपचाप हल्लाहरूले-
कुरुप घटना घटाऊन सक्छ
मोहित शब्दहरूले –
खतरनाक साम्राज्य गर्न सक्छ
यस्तो बेला –
त्यहा मेरो भावनाको कष्टप्रद हत्याहुन सक्छ
छट्पटाउदै आफ्नै हृदयले व्यङ्ग्य गर्न सक्छ मलाई
तर –
त्यस समय
निर्बिरोध
बिना कुनै अल्मल
एउटा अव्यक्त फैसला गर्ने छ यो मनले
त्यो-
तिम्रो प्रेममा हस्ताक्षर गर्नु
एक एपिसोड सामयिक मृत्युको !
सम्पादक ज्यू कवि को नाम भुल सुधार गर्नु होला
सम्पादक ज्यू कवि को नाम भुल सुधार गर्नु होला
कवियात्री साङ्गकेन वान्तवा ज्यु को हो यो कविता
अल्पभाषीजी
माफ गर्नुहोला; सच्याइएको छ ।
सम्पादक ज्यु
सम्पादनको लागि धन्यबाद