अठार अठारकै कारण दुखद अन्त्य भएको हो त यिनको ?


पश्चिमी अफ्रिकी मुलूक लाईबेरियामा पर्ने पन्ध्र काउण्टी मध्येको एक हो बोमी । राजधानी मन्रोभिया झण्डै सत्तरी कि.मी. पूर्व, दक्षिण एटलान्टिक महासागर, उत्तरमा बोप्पुलु र यसको पश्चिममा ग्राण्डक्याप माउण्ट काउण्टी पर्दछ । ई.स. १९९७ — २००३ ताका चाल्र्स टेलरको राष्ट्रपतीय कार्यकालमा पनि यो काउण्टी राम्ररी प्रभावित भएको थियो । क्षेत्रफलको हिसावले सानै भएनि हालको राष्ट्रपति एलन जोन्सन सर्लिफको गृह क्षेत्र भएको हुँदा महत्व राख्दछ ।

गत मार्च २०१४ तारिक देखी गिनीबाट फैलिएको इबोला भाइरसको माहामारी सियरालियोन हुदे यो देशमा प्रवेश गरे यता अहिले देशभरि जस्तो भय र त्रासको वातावरण छ । साइनो, रिभरसेस, रिभरघी, निम्बा, मोन्टसेरेडो (राजधानी), मारगिवी, लोफा, ग्राण्ड गडेह, ग्राण्डक्याप माउण्ट, ग्राण्डबासा, बोङ्ग, र बोमीमा असर परेको छ । सवभन्दा बढी मोन्टसेराडो र कम साइनो र रिभरघी छन् । अन्य नछोएका काउण्टी पनि क्रमश छुन थालेको छ । हालसम्म यो माहामारीको कारण देशभरी ६८६ जना मध्ये २४ अगस्तसम्म बोमीकोमात्र १८ जनाको मृत्यु भइसकेको यहाको समाजक कल्याण तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै काउण्टीको सदरमुकाम टबमनबर्ग अन्तरगत न्याल्ला समुदायका एक परिवारमा यस्तै दुख:द घट्ना भएको छ । गत १८ अगस्त २०१४ (भाद्र २ गते २०७१) सम्ममा सान्सार छोड्ने १८ जना मध्ये १८ महिनाकी बालिका पनि सामेल भएकी छिन् । इबोलाकै कारण संसार छोडेकी भनिए पनि विश्वास गर्ने आधार कम छन् । आजभोलि चिनजान नभएका मानिसको त कुरै छाडौं, चिन जान भाएकाहरूसँग पनि हिम जिम गर्न शंका मान्न थालिएको छ यहाँ । पहिला जस्तो हात मिलाउने, अंकमाल गर्ने कोही छैनन, त्यसो गरे यमराज खुसी हुन सक्ने कुरा धेरैलाइृ थाहा छ । विद्यालय बन्द छ, कोही जानु पर्दैन । देशमा संकटकाल छ, स्वतन्त्र रुपमा घुमफिर गर्न पाईदैन, कर्फु छ, बेलुका नौ देखी विहान छ बजेसम्म सबैतिर सन्नाटा छाएको छ । निश्चित काम र व्यापाहरूमात्र चलेका छन्, र अन्य रोगका कारण मृत्यु भईहाले पनि इबोला हो भन्दे हुने भएको छ । जसको कारणले गर्दा अन्य रोग लागिहाले पनि छिटो उपचार पाउन कठीन छ। त्यसकारण सर्वसाधारण विरामीले एउटा मानवीय सहयोग पनि पाउन मुश्किल छ । ज्वरो आउनु र टाउको दुख्ने वित्तिकै इबोलाको शंका हुन थालेको छ।

हरेक विदेशी र उच्च ओहदाका कर्मचारीहरू हातमा सेनिटाईजर प्रयोग गर्ने गर्दछन् । तर सर्वसाधरणमा भने त्यस्तो प्रयोग गर्दैनन्, साबुन पानीले हात धुन पनि मुश्किलछ । हात मिलाउनु र नजिकका नातेदार एवं समलिङ्गीहरूमा अंकमाल गर्नु यंहाको संस्कृति, चलन भए पनि मानवीय मूल्यलाई प्राथमिकता दिईएको कारणले होला त्यसो गर्न छाडेका छन् ।

समस्या कहानेर छ भने, यदि एकै परिवारका कुनै सदस्यलाई इबोला लागेमा अन्य सदस्यहरूलाई समेत बचाउन धउधउ परेको छ । हुन पनि हो रोगले म इबोला ? भन्दैन, सगै खाने, सगोलकै चर्पी प्रयोग गर्ने, एकै ओछ्यानमा बस्ने हुन्छ नै । आफ्नो आमालाई इबोला लागेमा सानो बाबु/नानीले दुध खान छोड्छन् र ? मर्नु परे आमासगै मर्छन नि बरु ! बच्चालाई यो रोग लागेमा आमाले अलग्गै कसरी राख्ने आफ्नै रगतका नातालाई ? गाउले सबै, यस्तो रोग सर्ला भन्ने डर, भयले त्यस्तो घर कोही जानेवाला छैन, यहा सम्मकी यो भाइरस हावाबाट सर्दैन, नजिकै छेउमा बस्दा नि त सर्दैन भन्ने थाहा हुंदा हुदै पनि मुख्य अविभावक नभए पछि कसको के लाग्छ ? मानवीय सेवाको मूल्य र मान्यता नबुझेछि केलाग्छ ! यी १८ महिने बालिकाको कथा यसैसँग जोडिएको छ । सहयोगकै अभावमा उनलाई अमाकै मार्गलाग्न बाध्य बनायो ।

नियतिको खेल ! मान्छे केही सिप नलागेपछि उनको दिन नै त्यति थियो भनेर कोही गोईको आशु झार्ने गर्छन् । तर वास्तविकता अर्कै पनि हुन सक्छ । यी नानीले तीन दिनसम्म पानी समेत पनि पाइनन । स्वार्थी समाजले यिनबाट रोग सर्ला भनेर अन्तिम श्वास छोड्नु अघि एक रात चर्चमा लान बाध्य बनायो, लाशलाई जहां लगे पनि भयो नि अब ! उनी बोल्दिनन्, आइया– आथ्था भन्दिनन, न त आमा आऊ भन्छिन्, न त भोक लाग्यो नै ! अब जे गर गर ! सास हुनेज्याल केही गरी दिएको भए पो यिनले लाख आशिष दिन्थिन् वा अनुगृहित हुन्थिन् । धिक्कार छ त समाजलाई ! अब लाज पचाएर चर्चमा लगिस् । आमा भोक लाग्यो भनेको बेलामा एक मुठी खाने कुरा दिएको भए एक दिन अरु बाच्थिन् होली नि ! ज्ञान नभाएका समाज ! आफ्ना संन्ततिलाई रोग सर्छ भन्ने ज्ञान हुनेले त्यो बालिकालाई पनि आफ्नै जस्तो गरिदिएको भए, स्वास्थ्य कर्मीको जिम्मा लागाई दिएको भए, अथवा जान्ने बुझ्नेकहां हार गुहार गरेको भए, कोही न कोही त ज्यानको बाजी थापेर बचाउन अधी सर्थे कि ? डेढ वर्षे दुधे नाबालिकले के बुझ्थी बिचरी !

अठार महिना नभएर अठार वर्षसम्म भएकी भए पनि कमसे कम मानव जीवनको अनुभव त हुन्थ्यो ? समूदायकै व्यक्तिले पत्रमा यसरी व्यक्त गर्न भ्याएछन् : ‘The letter complaint calls for an explanation and investigation into the death of the 18-month old baby, who was left abandoned without food and water for three days at the negligence of Bomy county Health Team and County Ebola Task Force.’

यो पत्रबाट स्वास्थ्यकर्मी र काउण्टी इबोला जिम्मेदार समूहले हेलचक्राई गरेको दोष देखाएको भए पनि पहिलो दायित्व त छिमेकी समाजको हो नि ? छिमेकीलाई जति जानाकारी हुन्छ अन्यलाई हुदैन । मर्दा, पर्दा पहिले चाहिने त छिमेकी हो, त्यसैकालागि मानव समाजमा बस्छ्, एकलो बस्दैन । यी नानीले सौताको बच्चा जति पनि सुविधा पाइनन् । अन्त्यमा पानी समेत खाननपाएर प्राण त्याग्नु पर्यो, के दोष थियो यिनमा ? अठार अठारैका कारण यी अठार महिने दुधे नाबालिगले नआउने बाटो लाग्नु परेको हो त ?

सौताको बच्चा भनेपछि यतिकै हेला हुन्छ अँझ हाम्रो नेपाली समाजमा त मुटुको किलाको संज्ञा दिइन्छ, कति चस्कन्छ मुटु सोताकी छोरा छोरी रमाउदा ! ता पनि सौतेनी आमाले बचाएको घटना पनि छ । यस्तै समाचार कान्तिपुर दैनिकले २०७१, भाद्र ९ गते “टुहुरी बनायो छाउपडीले” शीर्षकमा लेखिएको रहेछ : “अचेल उनलाई मायाले मुसार्ने हात छैन, खेलेर थाक्दा बस्ने न्यानो काख छैन । आठ वर्षीय अञ्जु शाहीको लागि सिंगो संसार नै थिइन उनकी आमा ।”

बाबिया चौर सुर्खेत गत साउन २९ गते को घटना हो यो । अञ्जु मस्त निद्रामा थिइन । घरमा भेल पसेछ । उनलाई जेठी (सौतेनी) आमा गंगाले हत्त पत्त उठाइन र घर नजिकै आंपको रुखमा चढाइ दिइन । गंगा अनि उनका तीन छोरी र एक छोरा पनि रुखमै चढे । अञ्जुले घरका सबैलाई देखिन रुखमा, तर आफनी आमा तुलसीलाई देखिनन् । चारैतिर अंध्यारो थियो, उनले भनिन्, मैले ममीलाई रुदै बोलाए । तल गोठतिरबाट तुलसी चिच्याइन र “भनिन नानु म आउदै छु ।” तर उनी छोरीसम्म पुग्न पाइनन् ।

“छाउ (रजस्वला भएपछि महिलालाई घर बाहिर, गोठतिर बस्न पठाउने मध्ये र सुदुर पश्चिमतिरको चलन) बस्न तल खोलानिर गोठगएको बेला मध्ये राती आउदा– आउदै भेरीले उनलाई बगायो ।”

सायद उनलाई ठूलोममीले रुखमा नचढाएको भए उनी पनि ममीसगै नआउने बाटो लाग्न सक्थिन् । ता पनि यिनलाई बचाइन सौतेनी आमाले । तर यी नाबालिकले भने बचाउन सक्ने कोही भएन, छिमेकी भएर के गर्नु परेको बले सहयोग नगरेपछि ? यिनी आइन। अठार महिना आमासँगै बसिन र आमा गए पछि उनी पनि पछि लागिन् !

घटना पनि थरि थरिका ! कही प्रकृतिले विनाश पारेको छ कही इबोला जस्ता भईरसरोगले, कही मानव स्वयंले पनि । अब अगाडि के हुने हो ? भन्न मुश्किल छ, यस्ता दुख:द घटना सुन्न, व्यहोर्न नपरे कस्तो हुदो हो हगि हाम्रो समाजमा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *