१,
अहो! यो संसार अचम्मको छ
मान्छेको बिचार अचम्मको छ
बुझ्नै गाह्रो किन हो आफैलाई?
आफ्नै अनुहार अचम्मको छ!
२,
सम्झनाको तरेलीमा फूल्नु सँधै तिमी
मनको बेली चमेलीमा फूल्नु सँधै तिमी
अलिकति हाँसोसँगै खुशी थप्नु त्यस्मा
पुर्णिमाको जुनेलीमा फूल्नु सँधै तिमी ।
३,
संघर्षमा जिन्दगी यो कति सुन्दर हुन्छ
आगो अनि पानी बिच धेरै अन्तर हुन्छ
आँधिहुरी पछि आकास खुलेको त हेर
दु:ख अनि सुख बिच प्रायः टक्कर हुन्छ ।
४,
घरको धुरी भत्काएर ढोका बनाउँछन्
मिठामिठा आस्वासनको पोका बनाउँछन्
अशान्ति र महंगीले पिडित छन् यिनै
यि नेताले जनतालाई बोका बनाउँछन् ।
५,
बाँच्ने होइन मर्नेहरू अमर हुन्छन्
राम्रो काम गर्नेहरू अमर हुन्छन्
बुद्धहरू जन्मिनु छ अझै पनि यहाँ
ज्ञानको ज्योति छर्नेहरू अमर हुन्छन् ।
६,
अन्जानैमा लेखिएछन् कथा जिन्दगीको
हाँसो खुशीसँगै धेरै व्यथा जिन्दगीको
आज सम्म दुःख सुख बाँचिएको छ याँ
भोलि कस्तो हाल हुन्छ केथा जिन्दगीको ।
७,
पहिले जस्ले तरवार छोड्यो
हिजो उसैले दरबार छोड्यो
देख्दिंन केही हलचल अचेल
कहिले उस्ले घरबार छोड्यो?
गुप्तेश्वर-३,रामेछाप
हाल:अलयेन,युएई
मार्मिक मुक्तकहरु गुरु वधाई छ
मार्मिक मुक्तकहरु गुरु वधाई छ हजूरलाई… शुभपल !
मार्मिक मुक्तकहरु गुरु वधाई छ
मार्मिक मुक्तकहरु गुरु वधाई छ हजूरलाई… शुभपल !
धेरै धेरै धन्यवाद निरु जी !
धेरै धेरै धन्यवाद निरु जी !