किन आउँथ्यो याद तिम्रो


किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए
तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए
प्रीत रोपी फूल रोपेर, नगोडेको भए
फूलेपछि बगरमा, नछोडेको भए

छेपारोले जस्तै रंग फेर्यौ बेइमानी
धनकै लागि विश्वासघात गर्यौ बेइमानी
आज तिमीले मेरो साथ नछोडेको भए
मलाई छाडी अन्तै नाता नजोडेको भए
मेरै साथमा हुन्थ्यौ तिमी, कसले पाउँथ्यो छुन
एक-अर्काको यादमा जली, किन पर्थ्यो रुन

केही क्षण अँझै तिमीले साथ दिएको भए
सुख-दुख समाउने हात दिएको भए
आज पनि तिमी र मसँगै हुन्थ्यौ होला
सँगै सँगै सफलताको शिखर चुम्थ्यौं होला
तर तिमीले हाम्रो नाता तोडी गए पनि
विश्वासको सुन्दर महल फोडी गए पनि
तिमीले भूल्यौ तर तिमीलाई भूल्नै सकिन नि
तिमी जस्तै अर्कै दिलमा, फूल्न सकिन नि
प्रीत रोपी फूल रोपेर, नगोडेको भए
फूलेपछि बगरमा, नछोडेको भए

शब्द – रामनाथ घिमिरे
स्वर – रेजिना रिमाल
संगीत – देवेन्द्र राई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *