गमलाको फूल झैं …
गमलाको फूल जस्तै जीवन फुल्न पाए
माहुरी झैँ परिश्रमले त्यसमा भुल्न पाए
कति सुन्दर बन्थ्यो होला यो जिन्दगी हाम्रो
दुनियाले भन्ने थियो अहा कति राम्रो
अड्कलेको पानी पनि पुग्ने जरा-जरा
गमलामै ढकमक फुली दिन्छ बरा
मग-मग दिन्छ बास्ना खिच्छ हाम्रो मन
स्वच्छ बन्छ मनमस्तिस्क चंगा हुन्छ तन
ओहो कति गरौ बर्णन गमलाको फूल
थुंगा-थुंगा बैंश नाच्छ सौन्दर्यको मूल
मोहित पार्ने सबैलाई धन्य तिमी फूल
छुटायेंकी अझै केहि भयो कि क्येई भूल
भित्री आँखा सुन्दर भए संसार पनि सुन्दर
भित्री आँखा कुरूप भए कुरूप नै छ संसार
गमलाको फूल जस्तै बनाउ भित्री आँखा
सुन्दरता र कोमलताले भिजाउ हाम्रा भाका
यति भए पुग्छ हजुर किन चाहियो धेरै
माहुरी मात्रै धेरै हुन्छन् मह हुन्छ थोरै
तर पनि अमृत जस्तै महिमा छ यसको
त्यस्तै बनी हामी पनि गरौ भलो देशको
देविचरण भण्डारी “सरोज”