फाँटहरूमा पहेँलपुर देखी आँखा तिरमिराउछ
वातावरण उजाड देख्दा मनै सिमसिमउछ
चराहरूको त गुडै भतक्यो किन यस्तो गर्यो ऋतु
रुखहरूका पातै हराए कसले लुकायो देख्दिन केही हेतु
गंहुका बालाहरू बुढा मर्न लागे तर त्यस्तो दुःख त लागेको छैन
बरु उल्टै अलि अलि खुशी नै छाएको जस्तो लाग्छ ।
वातावरण पुरै सुकेर रोऊँ रोऊँ जस्तो लाग्छ
तर त्यस्तो कसैको माया पनि लाग्दै छैन
बरु बाटोमा हिडिरहेका मानिसहरूलाई हिलो छ्यापु जस्तो लाग्दैछ ।
गल्ली गल्लीहरूमा थपडी बजाउदै
अपरिचितहरूलाई लोला हान्ने कार्यक्रम छ रे
आज उतै जाऊँ कि क्या हो म पनि
एउटी बिधुवा आईमाई आउदै छे
यतैतिर सबै त्यसैलाई छ्यापी दिउ कि यी अविर पनि
बिचरा गाउँका आमाबुवा बुढा भएर हो कि
छोराछोरी कुहु कुहु गर्न थालिसके ।
भकारी नै रित्तो हुन थालेर हो कि
आज फाँटहरूमा टाउका देखिन थालिसके ।
हिजो त बच्चै थिए तिनी
आज मर्न थालिसके ।
तर यस्ता त धेरै ऋतुहरू गइसके
बर्षौं बर्ष यस्तै छ
यो मन त उराठ लाग्यो
खडेरी जस्तै पानी पनि नपरेर उजाड लाग्यो
बनजङगलमा सबै रुखका पातहरू झरेर
धुलैधुलो वातावरण मानिसका मनमा पनि
धुलैधुलो टाढा बस्नुको त कुरै छोड
आँखा नै पानीको कुलो
तिर्खा लाग्दा पानी खाइन्छ मनको घाउको मलम भने छैन
न कहिले थियो न कहिले हुनेछ ऋतुले नै छटपटी गरिदियो
कोइलीहरूको बेदनापुर्ण रुवाईले घाउ झनै बल्झाइदियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *