जंगल संसारको
…………
संसारको जंगल घन घोर भिडमा
म तेसै हराउन खोज छु .
बाटो खोज्छु, अगाडी, भेटदिन .
फर्किन पछील्तिर निएमै छैन ,
हिढुं ,सबै भिड नै भिडले घेर्छ.
घन घोर भिडमा ,भिडीएकी म,
देख्छु कसैले केहि खोजे जस्तो .
कसैले रोजे जस्तो ,पाए जस्तो,
अनि केहि गुमाए जस्तो .
अलमलिए जस्तो भित्र भित्रै .
खल्बलिए जस्तो ,तल्लिन छ ,
जता हेरे पनि संसारको जंगलमा .
म हेर्दा हेर्दै भिड मै पो हराएछु .
न दायाँ नै नता बायाँ नै ,
आकाश हेरु ढाक्यो बादल ले ,
धर्ति हेरुं ,कुल्चिएको मान्छेले .
काहा समाउ माटो खालिनै छैन .
संसारको जंगलमा ,
देख्छु मान्छे मात्र को छायाँ .
सबै हराएको भिडमा ,
म पनि
साएद हराए जस्तो ,
तर मलाइ यसरी हराउन मन छैन .
यो जंगलको भिडमा ,
के पाइन्छ?
सिबाए जनाबार हरु .
बन्मान्छे ,बाग भालु ,बाँदर ,
किसिम किसिमका सबै प्राणीहरु ,
कोइ खाइरहेका ,कोइ खोसिरहेका ,
खोजिरहेका ,भेटिरहेका ,कोइ गर्न न मर्न भएका , दया, बिबेक, ध्रर्म बिरल छ,जाहा ,
.
मानब आत्मा पाउन मुसकील छ .
काहा भेट्छु र ?
जंगल भरि बेहोश बेहोश छन् सबै .
केहि पाउन केहि गुमाएको पत्ता छैन,
म त देख्छु सबैलाई ,आफूभित्र नै आफु हराएको .
संसारको जंगलमा टोलाई टोलाई हराएको .
म पनि ता जंगल कै बासि हु .
शान्ति र छैन को पियास छ .
,यो संसारको विचित्रता मा ,
मन मेरो उदास छ, मन त मेरो उदास छ
बसआइ ता मेरो अमेरिका मै छ
संसारको जंगलमा छ .किन किन मेरो मन उदास छ ……….

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *