चाहे चुट चाहे लुट
चाहे मार चाहे कुट
ल सामुने छु म तिम्रो
लौ आऊ के गर्छौ गर ॥
आग्रह मेरो एउटै छ
जे गर्छौ मलाई गर
मेरो देशलाई हैन
मेरो जनतालाई हैन ॥
आजै खोज जे खोज्नु छ
नत्र भोली नभेट्टाउला
जे जे गर्छौ आजै गर
नत्र भोली गर्न नपाउला॥
आजै लुट जती लुट्नु छ
म भोली त रित्तो हुनेछु
चुट आजै जती चुट्नु छ
भोली म कात्रो ओढ्नेछु॥