मायाको निसानी सुरक्षित


मायाको निसानी सुरक्षित, खत मात्रै छ
रात काट्न अन्तिम केवल, छत मात्रै छ

भन्छन् नहट्नु जुनैबेला, सत्कर्ममा बढ्न
हर बिचारमा एक तिहाई, बहुमत मात्रै छ

सही आकलन गर्न नसक्दा, गलतमा हुन्थे
लाग्छ केही सही भित्र पनि, गलत मात्रै छ

प्रेमको नाममा कलङ्क, विकृति साह्रै बढ्दो
दाग लगाई इज्यत गुमाई, हबिगत मात्रै छ

नबिन आशा बोकी, सुन्दर संसार सजाउन
पहिले जेहुनु भैगो अहिले, राहत मात्रै छ ।

दिवाकर भट्टराई
दमौली, तनहुँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *