काठमाडौं सहरको मुटुमा गर्जमानको एउटा महल छ, त्यसको एउटा झ्यालको भेन्टिलेसनको माथिल्लो खापा उघारिएको छ । छतमुनि र त्यही भेन्टिलेसनको खापाको माथि परेवाको गुँड छ । त्यहाँ एकजोडी परेवा बस्ने गरेका छन् । पोथी परेवा फुल कोरल्न गुँडमा ओथारो बसेको छ र भाले चाहिँ पोथीकै आडमा कुक्रुक्क परेको देखिन्छ । गुँडको सामुन्ने कोमलको पुरानो घर छ र त्यसमा एउटा सानो कौसी पनि छ । कोमल हिउँदका दिनमा घाम ताप्दै त्यहीँ बसेर मीठो पीठो जे मिल्छ खाने गर्दछ ।

एकदिनको कुरा हो, भात केही उब्रियो, कौसीको छेउमै कोमलले त्यो छरिदियो । गुँडको एउटा परेवा हुर्र उडेर आयो र टपाटप सिता टिप्न थाल्यो । भोक त अर्कालाई पनि लागेको हुँदो हो, तर त्यो आएन । ढोकामा पाले बसेको एउटा कर्तव्यपरायण सिपाही झैं ऊ डेग चलेन । सायद उसले आफ्नो भोक भन्दा पनि सन्ततिको भविष्य सम्झ्यो र फुललाई निरन्तर तातो दिइ नै रहनु पर्छ भन्ठान्यो । कौसीमा जुन थियो, उसले भातका सिता टापटिप पार्žयो र भुर्र उडेर गुँडमा पुग्यो । ओथारो बसेकोलाइ पालो दियो । यो क्रम केही समय चलिरह्यो । हुँदा हुँदा कोमलको खाना कौसीमा आइपुग्ने बित्तिकै गुँडको एउटा परेवा भुर्र उडेर ऊ नेर आइपुग्थ्यो । कोमल पनि भातका सिता छरिदिन्थ्यो, परेवा आफ्नो चुच्चोले टापटप टिप्थ्यो र अर्कोलाई पालो दिन गइहाल्थ्यो । यसरी नै केही दिन बिते, अब त गुँडमा बच्चाको च्याँ च्याँ र चुँ चुँ पनि सुनिन थालिसकेको थियो ।

एक दिन कोमलले कौसीमा खाना खाएन, कोठामा नै खायो । उसले खाना सिध्याउन मात्र के लागेको थियो, कोठाको झ्याल बाहिर परेवा देखियो । परेवामा एक किसिमको छटपटाहट थियो । घरी यताबाट उता जान्थ्यो, घरी मुन्टो फर्काइ फर्काइ कोमलतिर हेरिरहेको देखिन्थ्यो । कोमलले परेवालाई देखेको कुरा परेवाले चाल पायो र झ्यालको नजिकै आएर ऐनालाई ठुङ्न थाल्यो । सायद उसले कोमलप्रतिको आक्रोश व्यक्त गरेको होला

ए ! मनुवा, तैंले त टन्न घिचिस् होला, तर हामी भने भोकै छौं, हाम्रा बचेरा पनि भोकै छन् । यो सहरको ठाउँ, न बिस्कुन न कुनै अन्नको कुनिउँ, के खाएर बाँच्ने हामीहरू – तैंले यसो दुइचार सिता भात फ्याक्ने गरेको थिइस्, त्यो पनि आज बिर्सिस् -‘

कोमल झसङ्ग झस्क्यो र गल्ती गरेको महसुस गर्žयो । उसले प्रायश्चित्त गर्ने निधो गर्žयो । खाना त उसले खाइ नै सकेको थियो, कौसीमा एक मुठी चामल छरेर भए पनि सन्तोष लियो । त्यसपछिका दिनमा कोमलले खस्रो अन्न किनेर ल्यायो र दिनहुँ खाना खानु अघि एक दुइ पसर अन्न कौसीमा र्छर्ने गर्žयो ।

परेवाको गुँडका बचेरा हुर्कदै थिए, पखेटा र शरीरमा प्वाँख पलाउन सुरु भईसकेका थिए । तर पनि आलो पालो गरेर बचेरालाई कुर्ने क्रम यथावत् चालु नै थियो । सदा झैं कोमलले त्यस दिन पनि कौसीमा एक मुठी अन्न छर्žयो । गुँडको पोथी परेवा भुर्र उडेर आयो र टपाटप अन्न टिप्न थाल्यो । अर्को चाहिँ बचेराको पाले बनेर गुँडमै बसेको थियो । आसपासका केही परेवाहरू पनि त्यहीँ झ्याम्मिए । त्यहाँ कुनै लुछाचुँडी त चलेन तर छिटो त्यो अन्नलाई आफ्नो गोजेरोमा भर्ने प्रतिस्पर्धा भने निकै तीव्रताका साथ चल्यो । सायद भोकको पीडाले रन्थनिएर होला, गुँडको भाले परेवा पनि कौसीमा ओल्र्यो । उता बचेरा च्याँ च्याँ गरेर चिच्याउन थाले । कौसीमा चाहारा टिप्नै छोडेर ती दुइ भाले पोथीबीच पखेटाले हानाहान् र लेखटालखेट चल्यो ।

ती जोडी परेवाबीचको झगडाले कोमल खिन्न भयो । उसले मनमनै सोच्यो – ” दुवै भोका थिए, जो थियो, मिलेर खाएको भए हुन्थ्यो । झगडा किन गर्नु पर्थ्यो – भाइ फुटे, गँवार लुटे भने झैं तिनीहरू झगडा गर्दागर्दै अरूले अन्न सिध्याउने भए ।” यत्तिकैमा भाले परेवा उड्यो र गुँडमा बस्यो । केही समयपछि पोथी पनि गुँडमा पुगी र बचेरालाई चाहारा खुवाउन थाली । त्यसपछि भाले पनि आहाराको खोजीमा उड्यो । भाले नआउन्जेलसम्म पोथीले गुँड छाडिन । त्यस दृश्यले कोमललाई यथार्थबोध गरायो । वास्तवमा ती जोडीबीच आफ्नो आहाराको लागि होइन, बचेराको संरक्षणका निम्ति द्वन्द्व चर्केको रहेछ । बचेरा सानै भएकाले तिनीहरूको सुरक्षाका निम्ति एउटाले गुँडमा तुरुन्त फर्कन दबाव दिइरहेको रहेछ । पोथी परेवाद्वारा आफ्ना लालाबाला प्रतिको आफ्नो कर्तव्य र दायित्व एकै साथ निर्वाह गरिएको रहेछ ।

कोमल अझै तरङ्गिन थाल्यो – “यो देशका पनि धेरै छोराछोरी छन् । हामीले तिनीहरूको उचित स्याहार र लालनपालन गर्न नसेकेकै कारणबाट तिनीहरू अहिले तितरबितर भएका छन् । कुनै जापानमा भूमिगत भएका छन् भने कुनै दक्षिण कोरियामा यन्त्रमानवले गर्ने कठोर र जोखिमपूर्ण काम गर्दै छन् । कोही बेलायतमा जुठा भाँडा पखाल्दै छन् भने कुनै अमेरिकामा मुर्दा गाढ्ने खाल्डाहरू खन्ने काममा व्यस्त देखिन्छन् । राम्रो लगाउने, मीठो खाने र धेरै पैसा कमाएर सुखी जीवन बिताउने प्रलोभनमा विदेशिएका केयौं चेलीहरूले अहिले त्यहाँ नारकीय जीवन ब्यतीत गर्नु परिरहेको छ । कुनै अङ्गभङ्ग भएर फर्कदै छन् त कुनै त्यहीँको जेलमै सडेका छन् । यदि हामीले तिनीहरूलाई पालनपोषण गर्न सकेको भए, उचित शिक्षा दिन सकेको भए, काम र मामको व्यवस्था गर्न सकेको भए के तिनीहरू मुग्लान पस्नुपथ्र्यो – अवश्य पर्दैनथ्यो । तर हाम्रो दुर्भाग्य, हामीले त्यसो गर्न सकेनौं । पृथ्वीको एउटा चेतनशील प्राणी भएर पनि हामीले त्यो परेवाजोडीको जत्तिकै कर्तव्य निर्वाह गर्न सकेनौं । धिक्कार छ हामीलाई ! धिक्कार छ !” यत्तिकैमा कोमलको तरङ्ग टुट्यो । उसलाई अलि सङ्कोच पनि लाग्यो । आँखाबाट गाला र चिउँडो हुँदै बगेका आँसु पुछ्दै कोमल कौसीबाट आफ्नै कोठातर्फ लाग्यो ।

सदाझैं आज पनि खाना खाने बेला भयो, कोमलले एक मुठी अन्न कौसीमा छर्žयो, तर त्यहाँ ती परेवाका जोडी मध्ये कुनै पनि आएनन् । आश्चर्य मान्दै उसले परेवाको गुँडतर्फ हेर्žयो, त्यहाँ कुनै गुँड थिएन । भेन्टिलेसनको खापा लगाइएको देखियो । त्यसै झ्याल मुनि गुँड भत्किएको र दुइ बचेरा पछारिएर रक्त वमन गरी मरेका देखिए । सायद बाजको झम्टाइमा परेर होला, पोथी परेवा रक्ताम्य अवस्थामा पाइयो । आकाशमा भाले परेवा वेगले फन्का मारिरहेको देखियो । परेवी र बचेराको वियोगले रन्थनिँदै फन्का मारिरहेको भाले परेवालाई हेर्दा हेर्दै बाजले गाँजेर बेपत्ता बनायो । यस्तो कठोर दृश्यले कोमललाई अत्यन्त पीडाबोध भयो । उसलाई द्वन्द्वकालमा मारिएका हजारौं युवायुवती र अपहरण गरी बेपत्ता बनाइएका सयौं सयौं निरीह जनताको झल्झली सम्झना भयो । उता कोमलले परेवाप्रति निकै चासो देखाएको देखेर गर्जमान गज्र्यो र्- बचेराको च्याँ च्याँ र परेवाको घुराइले रातभर निद्रा परेन र बिहानै उठेर भेन्टिलेसन लगाइ दिएँ । अब बल्ल नरहे बाँस नबजे बाँसुरी भने झैं हुने भयो ।’

आँखा अगाडिको बीभत्स दृश्यले कोमल अत्यन्त भावविव्हल बन्यो र उसका मनमा आक्रोशका अनेक तरङ्ग चढ्न थाले – “गर्जमान ! तैंले निर्दोष परेवाप्रति जे गरिस् त्यो बिलकुल बेठीक गरिस् । तँ प्रति अगाध विश्वास गरेर तेरो महलमा आश्रय लिने प्रति तैंले अक्षम्य घात गरिस् । परेवालाई लखेट्नु नै थियो भने पनि बचेरा हुर्केपछि लखेटेको भए तँलाई के हानी हुन्थ्यो – निद्रा नपरेको निहुँमा क्षणिक आवेशमा आएर निरपराध परेवाप्रति तैँले जघन्य अपराध गरिस्, गर्जमान” ।

गर्जमानको गर्जन र सन्काहापनको सामना गर्ने क्षमता त कोमल एक्लैमा थिएन तर शान्तिको प्रतीक मानिएको परेवाप्रति बिना कसुर गर्जमानले गरेको कठोर र निर्दयी व्यवहार भने उसलाई पटक्कै सहृय भएन । यसैले कोमल एउटा निक्र्यौलमा पुग्यो – यहाँ हैकम चलाइरहेका गर्जमान जस्ता हजारौं हजार पीडक र सन्काहाहरू, शोषक र सामन्तहरूको जरो नउखल्ने हो भने थिचोमिचोमा परेका लाखौं करोडौं शोषित र पीडितहरूले युगौंयुगसम्म पनि निर्दोष परेवाको नियति भोगि नै रहनु पर्नेछ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *