आऊ कलम यात्रा थालौ
अक्षरहरूले
श्री ५ र श्री ३का कथा मात्र होइन
अब
कर्णाली, रोल्पा, डोल्पाका
कथाहरू पनि लेख्नु पर्छ ।
यहाँ
जित्नेहरूको ईतिहास मात्र होइन
हार्नेहरूको पनि ईतिहास कोरिनु पर्छ ।

ईतिहासका साँचो अवशेष खोज्न
अक्षरहरू गोताखोर बन्नु पर्छ
जिउदा मान्छेका लास कुल्चदै
चेतनाका लप्का निकाल्दै
अक्षरहरू कन्दरा पुग्नु पर्छ

अक्षरका पाइलाहरू मेटाउन
तरवारका धारहरूले, बन्दुकका सङ्गिनहरूले
बाटो छेक्न सक्छन
तर
अक्षरहरू निर्धक्क चेतनाका झिल्को बाल्नु पर्छ

अवाभिमान, राष्ट्रियता
चन्द्र, सूर्य अङ्कित झण्डाको अभिवारा
अक्षरहरूले बोक्नु पर्छ
त्रासका मिसाईल प्रक्षेपण रोक्न
अक्षरहरू बुद्ध बोकेर हिडनु पर्छ
सगरमाथाको शिरमा
नेपाली झण्डा फहराउन
आऊ कलम यात्रा थालौ ।

निश्चल काउचा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *