जिन्दगीका पाटाहरू धेरैछन (गजल )


जिन्दगीका पाटाहरू धेरैछन
यहाँ आफ्टेरा बाटहरू धेरैछन

तिमी जाल बुन,फसिहाल्छन
म जस्ता लाटाहरू धेरैछन

मनभित्र ठुलो आधी सुन्छु
बाहिर सन्नटाहरू धेरैछन

म सम्हाल्छु मन्,उडिहाल्छ
के गर्नु पखेटाहरू धेरैछन

प्रेमका ब्यापारिलाई सुझाब
लगानिमा घाटाहरू हेरैछन

जिन्दगीका पाटाहरू धेरैछन
यहाँ आफ्टेरा बाटहरू धेरैछन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *